बाढी तथा डुबानले धानबालीमा कति क्षति गर्‍यो?

काठमाडौँ – मनसुन सकिए लगत्तै गएको आइतबारदेखि केही दिन लगातार परेको झरी तथा भारी वर्षाका कारण आएको बाढी तथा डुबानले धानबालीमा गरेको क्षतिको विवरण संकलन भइरहेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म बढी क्षति भएका तीन प्रदेशको मात्रै प्रारम्भिक विवरण आएको छ । बाढी तथा डुबानले बढी क्षति गरेको सुदूरपश्चिम, लुम्बिनी […]

सम्बन्धित सामग्री

बाढी पहिरोले पश्चिम नेपालका धेरै विद्यालयमा क्षति

३१ असोज, काठमाडौं । असोज तेस्रो साता परेको वर्षाका कारण पश्चिम नेपालका धेरै विद्यालयमा क्षति पुगेको छ । वर्षा पछिको बाढी र पहिरोका कारण धेरै विद्यालय भवन भत्किनुका साथै बाढी पसेर विद्यालयको कागजात नष्ट भएको स्थानीय तहहरुले जानकारी दिएका छन् । बाढी, पहिरोका कारण क्षति पुगेका विद्यालयहरुको यकिन विवरण संकलन भइनसकेको उनीहरुको भनाइ छ । […]

गोरखामा बाढी–पहिरोले घरमा क्षति, सडक अवरुद्ध

लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ ।  बाढी र पहिराले १० घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो । अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।त्यस्तै सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहाद

बाढी–पहिरोले क्षति कहाँ कति(विवरण सहित)

सोमबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएको प्रहरीको तथ्याङक छ । बाढी पहिरोकै कारण सयौं मानिस विस्थापित बनेका छन्, करोडौ बढीको धनमालमा क्षति पुर्याएको छ ।

सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को […]

बाढी पहिरोले आठ आयोजनामा क्षति

यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो । विभागका अनुसार ती आयोजनाको क्षमता २०८ मेगावाट रहेको छ । विभागका अनुसार गत जेठ ३१ गते र असार १ गते लमजुङको दोर्दी खोलामा आएको बाढी तथा पहिरोका कारण १२ मेगावाट क्षमताको दोर्दी एक जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।यस्तै २७ मेगावाट क्षमताको हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दो

प्रधानमन्त्री ओली बाढी र पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोक जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली बाढी र पहिरोले क्षति पुर्‍याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि सिन्धुपाल्चोक जान लागेका छन्।

लमजुङ बाढी–पहिराे : विभिन्न जलविद्युत् आयोजनामा दुई अर्बभन्दा धेरैकाे क्षति

लमजुङ – लमजुङमा रहेका विभिन्न जलविद्युत् आयोजनामा बाढी र पहिरोबाट दुई अर्ब रुपैयाँभन्दा धेरैकाे क्षति भएकाे छ । लमजुङको दोर्दी खोला, मर्स्याङ्दी नदी करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा गरी बाढी र पहिरोबाट दुई अर्ब ७१ करोड रुपैयाँ बराबरकाे क्षति पुगेको ‘रिपोर्टिङ’ भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।   बाढीले २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजना, १० मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजनाको पावर हाउस, ड्याम साइटमा क्षति पुर्‍याउनुका साथै ...

सरकारले बाढी तथा पहिरोबाट क्षति पुगेको घरहरुको पुनर्निर्माण गरिदिने

काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट क्षति पुगेका घरहरुको पुनर्निर्माण गर्ने भएको छ। आज गृहमन्त्री खगराज अधिकारको नेतृत्वमा बसेको कार्यकारी समितिको बैठकले बाढी, पहिरोबाट प्रभावितहरुको उद्धारका सबै उपाय अवलम्बन गर्ने र क्षति पुगेका घरहरुको पुनर्निर्माण गर्ने निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो जानकारी दिएको हो।

बाढी, पहिरो र डुबानबाट क्षति

काठमाडौं, असार २। नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु(याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको […]