काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट क्षति पुगेका घरहरुको पुनर्निर्माण गर्ने भएको छ। आज गृहमन्त्री खगराज अधिकारको नेतृत्वमा बसेको कार्यकारी समितिको बैठकले बाढी, पहिरोबाट प्रभावितहरुको उद्धारका सबै उपाय अवलम्बन गर्ने र क्षति पुगेका घरहरुको पुनर्निर्माण गर्ने निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो जानकारी दिएको हो।