सर्लाही : सर्लाहीको उत्तर पश्चिम क्षेत्रका किसान धान रोपाइँमा व्यस्त छन् भने अन्य क्षेत्रका किसान आकाशे वर्षाको पर्खाइमा छन्।कर्मैयास्थित बागमती सिँचाइको सुविधा भएको क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ। आकाशे पानीको भरमा रोपाइँ गर्ने अधिकांश किसान भने आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा बसिरहेका छन्।असारको चौथो साता भइसक्दा समेत अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्। रोपाइँमा लागिपरेका सर्लाहीका किसान आकाशे वर्षा रोकिँदा चिन्तित छन्।केही दिनदेखि सामान्य वर्षा भइरहँदा धमाधम धान रोप्न थालेका किसान प