किसान सूचीकरण गर्दै कावासोती नगरपालिका

कावासोती – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न सुरुवात गरेको छ। सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आबद्ध रहेका किसानको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको हो। कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख डा टेकराज पौडेलले नगरपालिकाभित्र रही कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायमा आबद्ध किसानको […]

सम्बन्धित सामग्री

खोले साग बिक्रीबाट तीनमहिनामा तीन लाख आम्दानी

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएका महतो दम्पतीले वार्षिक तीन लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताए । […]

हिउँदे धान लगाउने चटारो

पूर्वी नवलपरासीमा हिउँदे (चैते) धान रोपाइँ सुरु भएको छ । नवलपुरमा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले हिउँदे (चैते) धान लगाउन व्यस्त रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये हुप्सेकोट गाउँपालिकाबाहेक अन्यमा हिउँदे धान गरिँदै आएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट–१०, ११, १२ र १३, देवचुली–१७, मध्यबिन्दु नगरपालिका–२ र ३, विनयीत्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ । चैते धान हुने क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर एकले अर्कालाई सघाउँदै चैते धान लगाउने चटारो रहेको छ ।

धान बालीमा सेतो पुतलीको समस्या, किसान चिन्तित

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली(झिँगा)को समस्या बढ्न थालेको छ ।  धान बालीमा सेतो पुतलीको समस्या बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको समस्या बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकास शाखा प्रमुख शिवनारायण कुमालले बताए।  ‘वडा नं ७ देखि १७ सम्मका धान बालीमा पुतलीको समस्या दैनिकरूपमा […]

कावासोतीका किसान कागतीखेतीमा

मध्यविन्दु, ५ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त छन् । पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गरे । “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”, लम्सालले भने । […]

धानमा राते रोग लागेपछि कृषक चिन्तित

कावासोती : धानमा रोग लागेपछि पूर्वी नवलपरासीका किसान चिन्तित छन्। रोग लागेर बोट नसप्रिने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन्। रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए। ‘सुरुमा मल पाइएन। हामीले पनि मल नपुगेर होला भन्यौँ’, लम्सालले भने, ‘अहिले बोट नै रातो हुँदै गइरहेको छ। धान नोक्सान भएको छ।’कावासोती नगरपालिका–१६ का २४ कृषकको करिब ११३ बिघाभन्दा धेरै धान खेतमा यो रोग देखिएपछि क्षतिप

तरकारी जोन कार्यक्रमबाट नवलपुरका किसान लाभान्वित

कावासोती– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासीको नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका किसान लाभान्वित भएका छन् । नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटी उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । कावासोती नगरपालिका–४, ९, १० १२, १५ , १६ र १७ , मध्यबिन्दु नगरपालिका–१, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिका– १, २ ,३ […]

किसान सूचीकरण गर्दै कावासोती नगरपालिका

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न शुरुआत गरेको छ । सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आबद्ध रहेका किसानको पहिचान गर्न किसान सूचीकरण शुरू गरिएको हो ।      कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलले नगरपालिकाभित्र रही कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायमा आबद्ध किसानको लगत संकलनका लागि किसान सूचीकरण कार्यक्रम थालनी गरिएको जानकारी दिए । यसका लागि कावासोती नगरपालिकाले पहिलो चरणमा वडा नं ५ र १७ मा सहजकर्ता खटाएको समेत उनले बताए । सहजकर्ता नखटिएका क्षेत्रका किसानले आवश्यक कागजातसहित नगरपालिकाको कृषि तथा पशुपक्षी विकास शाखामा उपस्थित भएर किसान सूचीकरणको फाराम भर्न सकिने बताइएको छ । यसैगरी किसान सूचीकरण व्यवस्थापन प्रणालीको वेबसाइटमा गई आफ्नो विवरण प्रविष्ट गर्न सकिने समेत शाखा प्रमुख पौडेलले जानकारी दिए । किसान सूचीकरणका लागि आफ्नै व्यक्तिगत सम्पर्क नम्बर, नागरिकताको प्रतिलिपि, जग्गा पुर्जाको प्रतिलिपि र पासपोर्ट साइजको एकप्रति फोटो आवश्यक पर्नेछ । किसान सूचीकरणसँगै वर्गीकरण गरिनेछ । सूचीकरण र वर्गीकरणपश्चात् नगरपालिकाबाट किसानका लागि प्रदान गर्ने सुविधा पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने शाखा प्रमुख पौडेलले बताए । नगरसहित प्रदेश र संघीयरूपमा समेत यही तथ्यांक प्रयोग हुने भएकाले ती क्षेत्रबाट प्राप्त गर्ने अनुदानसहित अन्य सुविधा प्रदान गर्ने क्रममा व्यवस्थित बनाउन किसान सूचीकरणले सहयोग पुर्‍याउने उनले बताए । सरकारले किसानलाई पेन्सनको कुरासमेत उठाउने गरेको छ । अहिले गरिएको सूचीकरणले सो कार्यक्रमका लागि समेत सहयोग पुग्ने उनले बताए । कावासोती नगरपालिकामा हाल दुईवटा वडालाई प्राथमिकता दिएर सहजकर्ता खटाइएको भए पनि क्रमशः नगरपालिकाभित्रका सबै वडाबाट कोही पनि किसान सूचीकरणमा नछुट्ने गरी कार्य गरिने उनले जानकारी दिए । नगरपालिकाले किसानलाई प्राथमिकताका साथ सूचीकरण गराउनसमेत अनुरोध गरेको छ । रासस

कावासोतीमा दूध दिइरहेको भैंसी ब्याएपछि …!

१८ असार, काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-४ हसौरामा दूध दिइरहेको भैंसी ब्याएपछि किसान अचम्मित भएका छन् । हसौराका किसान रमाकान्त चापागाईँको भैंसी शुक्रबार बिहान ब्याएको छ, जसले बिहीबारसम्म दूध दिएको थियो । दैनिक १५/१६ माना …

मध्यवर्ती क्षेत्रमा जंगली जनावरको त्रास

र्वी नवलपरासीको नवलपुरमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने गैंडाले धानबालीमा क्षति पु¥याउन थालेपछि किसान चिन्तित बनेका छन् । आम्दानीको मुख्य स्रोत तथा मुख्यबालीको रुपमा हरेक धान खेतमा गेडा देखिन थालेसँगै किसानमा चिन्ता बढेको हो । कावासोती नगरपालिकाको पिठौली,कोलहुवा ,रजहर लगायत थुप्रै ठाउँमा अहिले गैंडाले धानबालीमा क्षति पु¥याउन थालेको छ । ‘गैडा कतिबेला आएर धानबालीमा सखाप पार्ने डरलेस्थानीयहरु बाहिर निस्कन समेत सकेका छैनन’ कावासोती नगरपालिका ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनुभयो ।