भारतमा एक वर्ष लामो किसान आन्दोलन समाप्त

नयाँ दिल्ली : कृषि कानुन फिर्ता भएको र बाँकी माग पनि पूरा हुनेमा विश्वस्त भएको भन्दै भारतीय किसान आन्दोलन अन्त्य भएको छ। बिहीबार संयुक्त किसान मोर्चाले किसान आन्दोलन समाप्त गर्ने घोषणा गरेको छ।आगामी शनिबार (२५ मंसिर)देखि किसानहरूले घर फर्कने जानकारी दिएका छन्।दिल्लीको सिमानामा एक वर्षभन्दा लामो समयदेखि किसान आन्दोलनरत थिए। संयुक्त किसान मोर्चाले आन्दोलन स्थगन गरिएको घोषणा गर्दै प्रत्येक महिनाको स्थितिको समीक्षा गरिने स्पष्ट गरेको छ। माघ १ गते पहिलो समीक्षा बैठक बस्नेछ।संयुक्त किसान मोर्चाको

सम्बन्धित सामग्री

गृहमन्त्रीसँग किसान आन्दोलनबारे सीके राउत नेतृत्वको पार्टीले गर्‍यो छलफल

सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रवार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट गरेको छ ।  किसान आन्दोलन मुद्दाको सम्बोधनको विषयमा जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग छलफल गरेका हुन् ।  निरन्तर किसान आन्दोलन चलाएको जनमत पार्टीले उच्चस्तरीय समिति गठनको माग गरेको छ ।

जनमत पार्टीद्वारा मसाल जुलुस, भोलि हाई–वेमा टेन्ट राख्ने

सिरहा– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले बुधबार मसाल जुलुस निकालेको छ । मुख्य राजमार्गमा चक्काजाम गर्ने कार्यक्रमको पूर्वसन्ध्यामा जनमत पार्टीका कार्यकर्ताहरूले विभिन्न जिल्लामा मसाल जुलुस निकालेका हुन् । उनीहरूले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएका छन् । किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र […]

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न जनमत पार्टीको माग

किसान आन्दोलन गरिरहेको डा. सीके राउत नेतृत्त्वको जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।

जनमत पार्टीले गरुडामा गर्‍यो मसाल जुलुस प्रदर्शन

किसान आन्दोलन गरिरहेको जनमत पार्टीले रौतहटको गरुडामा मसाल जुलुस प्रदर्शन गरेको छ।

भारतीय किसान आन्दोलन स्थगित

एजेन्सी, २४ मङ्सिर। भारतीय किसानले आजबाट आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । गत वर्षबाट विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले भोलिदेखि धर्नास्थबाट घर फर्किने भएका छन् । किसानका अनुसार हाललाई आन्दोलन स्थगित गरे पनि एक महिनामा समिक्षा बैठक बस्ने जनाइएको छ । उनका आुसार केन्द्र सरकारले आफूहरुको माग पूरा गर्न बेवास्ता […]

भारतमा किसान आन्दोलन स्थगित, शनिबारदेखि प्रदर्शन स्थल खाली गर्ने

२३ मंसिर, काठमाडौं । भारतमा एक वर्षभन्दा बढी समयदेखि जारी किसान आन्दोलन स्थगित भएको छ । बिहीबार संयुक्त किसान मोर्चाले आन्दोलन स्थगित गर्ने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । भारतीय किसान युनियनका नेता जोगिन्दर उग्रहनले आन्दोलन स्थगित गरिएको जानकारी गराएका हुन् । सरकारले प्रस्तावसहितको एक पत्र पठाएपछि किसान आन्दोलन स्थगित गरिएको उनको भनाइ छ […]

भारतको किसान आन्दोलनको अर्थ

भारतको किसान आन्दोलन कुनै सामान्य आन्दोलन होइन । यो आन्दोलन ‘लेनदेन’बाट सुल्झिने आर्थिक माग पनि होइन । यथार्थमा यो गर वा मरको युद्ध हो । पुँजीवाद समयसँगै जसरी विकसित हुँदै जान्छ,...

मल माग गर्दै रौतहटमा किसानहरूको ट्रयाक्टर प्रदर्शन

वि.सं. २००९ मा रौतहटबाट ऐतिहासिक किसान आन्दोलनको सुरुआत भएको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल किसान संघले रौतहटमा सुरु गरेको किसान आन्दोलन सर्लाहीदेखि पर्सासम्म फैलिएको थियो।...

किसान आन्दोलन भड्काएको भन्दै दिल्ली प्रहरीले ग्रेटाविरूद्ध हाल्यो मुद्दा

भारतमा जारी किसान आन्दोलनलाई भड्काउनेगरी ट्वीट गरेको भन्दै प्रहरीले मुद्धा दर्ता गरेको एबिपी न्युजले जनाएको छ। उनले ट्वीट गर्नू अघि हलिउडकी पप गायिका रिहानाले किसान आन्दोलन सम्बन्धी समाचार ट्वीट गरेकी थिइन्। उनले उक्त ट्वीटमा यसबारेमा किन कुरा नगरिएको भन्दै प्रश्न गरेकी थिइन्।

भारतमा किन सल्टिएको छैन किसान आन्दोलन

१३ माघ, काठमाडौं । मंगलबार भारतले आफ्नो ७२ औं गणतन्त्र दिवस मनायो । भारतको लागि निकै महत्वपूर्ण मानिने र उल्लासका साथ मनाइने यस दिनमा यसपटक भने फरक दृश्य देखियो । राजधानी सहर दिल्लीमा गणतन्त्र दिवस मनाइरहेको अवस्थामा दिल्लीको सीमा क्षेत्रमा भने किसानहरूले सरकारले ल्याएको कृषि कानुनको विरोधमा प्रदर्शन गरिरहेका थिए । कृषि कानुनको विरोधमा किसानहरूले […]