स्वास्थ्य बीमा बोर्डले दिएन रकम, शिक्षण अस्पतालले स्थगित गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले आज सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताए। ‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले…

सम्बन्धित सामग्री

कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राख्नुभयो ।

कोशी प्रदेशमा २० लाखले मात्र गरे स्वास्थ्य बीमा

विराटनगर । कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेकोमा ४० दशमलव ५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३३३ जनाले मात्र स्वास्थ्य बीमा गराएका छन् । त्यसमध्ये आधाभन्दा कमले मात्र यसमार्फत स्वास्थ्य सेवा लिने गरेका छन् । सेवा लिने बीमितहरू ९ लाख ७० हजार ९३३ जना रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशले बताएको छ । प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापामा र कम सोलुखु्रम्बुमा भएको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले जानकारी दिए । झापामा ६ लाख ३३ हजार ६५८ जनाले स्वास्थ्य बीमा गराएका छन् भने सोलुखुम्बुमा यस्तो संख्या १० हजार ४४५ रहेको छ । प्रदेशमा स्वास्थ्य बीमाको नवीकरणदर ७८ प्रतिशत छ । बीमा गरेकामध्ये अति गरीब २४ हजार २६०, ज्येष्ठ नागरिक १ लाख ९६ हजार ८३८, एचआईभी संक्रमित ३ हजार ४६१, अति अशक्त अपांगता भएका ४२ हजार ९१७ र कुष्ठरोगी १ हजार ४२ जना छन् । बीमा गराएकामध्ये सेवा लिनेहरू ७ लाख ७० हजार ९३३ जना छन् । बीमितबाट २ वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । प्रदेशमा ७८ ओटा सरकारी, चारओटा सामुदायिक र २३ ओटा निजी स्वास्थ्य सेवाबाट स्वास्थ्य बीमा सेवा प्रवाह गरिँदै आएको छ । यी स्वास्थ्य संस्थाबाट सेवा दिएबापत ३ वर्ष ९ महीनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार रुपैयाँ भुक्तानी भएको कार्यालयको तथ्यांक छ । सरकारले २०७२ चैत २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको हो । त्यसयता देशभरिमा कुल बीमित परिवार संख्या १९ लाख ९४ हजार ३३८ रहेका छन् । कुल बीमित जनसंख्या ६४ लाख ५४ हजार ७७२ रहेको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएको छ । कुल बीमितमध्ये सेवा लिनेको संख्या ४४ प्रतिशत अर्थात् ८२ लाख ९३ हजार ५७२ रहेको छ । यस्तै नवीकरण गर्ने बीमित संख्या देशभरिमा ३८ लाख ७१ हजार ८५० रहेको छ ।

सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराए

सिरहा– सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो । त्यस्ता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिला […]

पर्वतमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

पर्वत : आर्थिक समस्याका कारण उपचारमा कठिनाइ भएकालाई मध्यनजर गर्दै पर्वत जिल्लामा पनि देशका अन्य ५१ जिल्लामा जस्तै स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ। सोमबार स्वास्थ्य बीमा बोर्डका निर्देशक रमेशकुमार पोखरेल र स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका प्रमुख जीवलाल खरेलसहितको उपस्थितिमा पर्वतमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको घोष...

स्वास्थ्य बीमा गर्ने बढेनन्

स्वास्थ्य बीमा कार्यक्रम दाङका दसवटै पालिकामा सञ्चालन भइरहेको छ। आर्थिक अभावका कारण समस्या परेका कुनै पनि नागरिकलाई उपचार गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ तर बीमा गर्नेहरूको सङ्ख्या भने बढ्न सकेको छैन। यहाँका दसवटै पालिकामा ३२ हजार आठ सय नागरिकले बीमा गरेको स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले जानकारी दिनुभएको छ।

बैतडीमा ५ हजारले स्वास्थ्य बीमा गरे

बैतडी – सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बैतडीमा हालसम्म  १ हजार ८० परिवार आवद्ध भएका छन् ।  स्वास्थ्य बीमामा आवद्ध परिवारका  ५ हजार बढी व्यक्तिले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड बैतडीमा दर्ता अधिकारी विष्णुदत्त जोशीका अनुसार ५ हजार ३६३ जना स्वास्थ्य बीमामा आवद्ध रहेका छन् ...