बैतडी – सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बैतडीमा हालसम्म १ हजार ८० परिवार आवद्ध भएका छन् ।
स्वास्थ्य बीमामा आवद्ध परिवारका ५ हजार बढी व्यक्तिले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड बैतडीमा दर्ता अधिकारी विष्णुदत्त जोशीका अनुसार ५ हजार ३६३ जना स्वास्थ्य बीमामा आवद्ध रहेका छन् ...