कोशी प्रदेशमा २० लाखले मात्र गरे स्वास्थ्य बीमा

विराटनगर । कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेकोमा ४० दशमलव ५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३३३ जनाले मात्र स्वास्थ्य बीमा गराएका छन् । त्यसमध्ये आधाभन्दा कमले मात्र यसमार्फत स्वास्थ्य सेवा लिने गरेका छन् । सेवा लिने बीमितहरू ९ लाख ७० हजार ९३३ जना रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशले बताएको छ । प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापामा र कम सोलुखु्रम्बुमा भएको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले जानकारी दिए । झापामा ६ लाख ३३ हजार ६५८ जनाले स्वास्थ्य बीमा गराएका छन् भने सोलुखुम्बुमा यस्तो संख्या १० हजार ४४५ रहेको छ । प्रदेशमा स्वास्थ्य बीमाको नवीकरणदर ७८ प्रतिशत छ । बीमा गरेकामध्ये अति गरीब २४ हजार २६०, ज्येष्ठ नागरिक १ लाख ९६ हजार ८३८, एचआईभी संक्रमित ३ हजार ४६१, अति अशक्त अपांगता भएका ४२ हजार ९१७ र कुष्ठरोगी १ हजार ४२ जना छन् । बीमा गराएकामध्ये सेवा लिनेहरू ७ लाख ७० हजार ९३३ जना छन् । बीमितबाट २ वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । प्रदेशमा ७८ ओटा सरकारी, चारओटा सामुदायिक र २३ ओटा निजी स्वास्थ्य सेवाबाट स्वास्थ्य बीमा सेवा प्रवाह गरिँदै आएको छ । यी स्वास्थ्य संस्थाबाट सेवा दिएबापत ३ वर्ष ९ महीनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार रुपैयाँ भुक्तानी भएको कार्यालयको तथ्यांक छ । सरकारले २०७२ चैत २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको हो । त्यसयता देशभरिमा कुल बीमित परिवार संख्या १९ लाख ९४ हजार ३३८ रहेका छन् । कुल बीमित जनसंख्या ६४ लाख ५४ हजार ७७२ रहेको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएको छ । कुल बीमितमध्ये सेवा लिनेको संख्या ४४ प्रतिशत अर्थात् ८२ लाख ९३ हजार ५७२ रहेको छ । यस्तै नवीकरण गर्ने बीमित संख्या देशभरिमा ३८ लाख ७१ हजार ८५० रहेको छ ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, […]

रोशीमा निःशुल्क स्वास्थ्य बीमा

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन्। गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९/८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन्।

स्वास्थ्य बीमा सुरु

काठमाडौँ,१४ फागुन । कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गराइदिएको हो । यसबाट एक हजार आठ सय ९२ घरपरिवारका १२ हजार छ सय ९२ स्थानीयवासीले पहिलोपटक सुविधा पाउने ग्रामीण अस्पताल जिबजिबेका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले […]

स्वास्थ्य बीमा गराउने बढे

काठमाडौँ,२ कार्तिक । मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता […]

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम बन्द गर्ने जनाएको बताएका छन् । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम उपलब्ध

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ,७ असार । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष […]

स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा

स्वास्थ्य बीमा दर्ता गर्ने बेलामै सम्बन्धित परिवारको सम्पुर्ण बीमित सदस्यहरुलाई  क्युआर कोड सहितको छुट्टाछुट्टै स्वास्थ्य बीमा कार्ड प्रदान गरिन्छ।

के स्वास्थ्य बीमा बोर्ड खारेज गर्न लागिएको हो? के हो यथार्थ?

स्वास्थ्य बीमा नेपालको लागि आवश्यक छ। यदी स्वास्थ्य बीमा फेल भयो या खारेज भयो भने स्वास्थ्य क्षेत्र ५० वर्ष उँभो लाग्दैन। स्वास्थ्य क्षेत्र ५० वर्ष पछाडि धकेलिन्छ। त्यसैले मलाई लाग्छ, सरकारले स्वास्थ्य बीमा बोर्डलाई खारेज गर्ने गल्ती गर्दैन।

पत्रकारका परिवारको स्वास्थ्य बीमा

पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ ।...