१७ % नेपालीको स्वास्थ्य बीमा : अनिवार्य रूपमा बीमा गर्नुपर्ने प्रावधान अझै कार्यान्वयनमा आएन

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको ६ वर्षमा १७ प्रतिशतभन्दा बढी नेपाली यसको दायरामा आएका छन् । सरकारले २०७२ चैत २५ गते स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो । त्यसयता कुल जनसंख्याको १७ दशमलव ६३ प्रतिशतले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्डको भनाइ छ ।  हालसम्म काठमाडौंबाहेक सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुगिसकेको छ । काठमाडौंमा पनि छिट्टै यो सेवा विस्तार गर्ने बोर्डको तयारी छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमाको पहुँच उत्साहजनक देखिएको बताए । ‘स्वास्थ्य बीमा बोर्ड स्थापना भएको छोटो समय र सम्बद्ध निकायबाट आवश्यक सहयोग नपाएको अवस्थामा यति धेरै जनताको पहुँचमा पुग्नु आफैमा उपलब्धिमूलक हो । किनकि, यसबीचमा बोर्डले पनि राम्रोसँग कार्यसम्पादन गर्न सकेको थिएन,’ उनले भने, ‘त्यसमाथि सरकारबाट पनि पर्याप्त मात्रामा सहयोग भएको छैन । त्यो अवस्थामा पनि यो स्तरमा पहुँच विस्तार हुनु राम्रो हो ।’ यद्यपि, यसैमा सन्तोष मानेर बस्न भने नहुने उनको भनाइ छ । ‘स्वास्थ्य बीमाको पहुँच पर्याप्त होइन । सरकारले नीतिगतलगायत विषयमा सहयोग गरेको भए यही अवधिमा पनि अझ बढी जनसंख्यामा स्वास्थ्य बीमा पुर्‍याउन सकिन्थ्यो,’ उनले भने ।  स्वास्थ्य बीमासम्बन्धी ऐनमा सबै नागरिकले अनिवार्य रूपमा बीमा गर्नुपर्ने प्रावधान छ । त्यसको कार्यान्वयन गर्न सरकारले अझै सकेको छैन । यस सम्बन्धमा बोर्डले गरेको प्रयासलाई पनि सम्बद्ध निकायले बेवास्ता गर्दै आएको उनको भनाइ छ । त्यसकारण सोचेअनुरूप स्वास्थ्य बीमाको पहुँच विस्तार गर्न नसकिएको बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले बताए ।  ‘लक्षितसमूह स्वास्थ्य बीमाको दायरामा आइसकेको छ । सहुलियत भएकाले पनि त्यो सम्भव भयो,’ उनले भने, ‘अन्य समूहलाई हामी आफैले विश्वास गराएर बीमाको दायरामा ल्याउन चुनौती भइरहेको छ । यसमा सरकारले विभिन्न ढंगले सहयोग गर्नु आवश्यक छ । त्यसपछि स्वास्थ्य बीमाको पहुँच विस्तार हुन समय लाग्दैन ।’ आमजनताको स्वास्थ्योपचार सहज बनाउने उद्देश्यले सरकारले २०७२ सालमा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो । अहिलेसम्ममा ५३ लाख २४ हजार जनाले बीमा गरेका छन् । यो कुल जनसंख्याको १७ दशमलव ६३ प्रतिशत हो । तीमध्ये २० लाख ८९ हजार ५९९ जनाले बीमा सेवा लिएका छन् । बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेको बोर्डले जानकारी दिएको छ । बोर्डले ४ सय ४१ सरकारी र निजी अस्पतालसँग बीमाअन्तर्गतको उपचारका लागि सम्झौता गरेको छ । अहिले काठमाडौंबाहेक सबै जिल्लामा स्वास्थ्य बीमा विस्तार भइसकेको छ ।  स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनाको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियमबापत तिर्नुपर्ने हुन्छ । ५ जनाभन्दा बढीको परिवारले प्रतिसदस्य तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ । बीमा गर्ने ५ जनाको परिवारलाई वार्षिक १ लाख रुपैयाँसम्मको औषधोपचार खर्च दिइन्छ ।  यसमा सरकारबाट गरीबी परिचयपत्र प्राप्त व्यक्तिमध्ये अतिगरीबलाई शतप्रतिशत, गरीबलाई ७५ प्रतिशत र सीमान्तकृत गरीबलाई ५० प्रतिशतसम्म छूूटको व्यवस्था छ । ७० वर्षमाथिका नागरिक, एचआईभी संक्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपांगता भएकालाई सरकारले नै बीमा रकम उपलब्ध गराउँछ । बीमाले बहिरंग, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरणको खर्च बेहोर्छ । साथै, खोप, परिवार नियोजन, सुरक्षित मातृत्वजस्ता प्रतिकारात्मक सेवा पनि यसमा छ । तर, तोकिएको मूल्यभन्दा बढी रकमको चश्मा, स्वास्थ्यसम्बन्धी यन्त्र, प्लास्टिक सर्जरी, कृत्रिम गर्भाधानलाई भने योजनामा समावेश गरिएको छैन ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, […]

रोशीमा निःशुल्क स्वास्थ्य बीमा

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन्। गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९/८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन्।

स्वास्थ्य बीमा सुरु

काठमाडौँ,१४ फागुन । कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गराइदिएको हो । यसबाट एक हजार आठ सय ९२ घरपरिवारका १२ हजार छ सय ९२ स्थानीयवासीले पहिलोपटक सुविधा पाउने ग्रामीण अस्पताल जिबजिबेका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले […]

स्वास्थ्य बीमा गराउने बढे

काठमाडौँ,२ कार्तिक । मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता […]

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम बन्द गर्ने जनाएको बताएका छन् । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम उपलब्ध

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ,७ असार । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष […]

स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा

स्वास्थ्य बीमा दर्ता गर्ने बेलामै सम्बन्धित परिवारको सम्पुर्ण बीमित सदस्यहरुलाई  क्युआर कोड सहितको छुट्टाछुट्टै स्वास्थ्य बीमा कार्ड प्रदान गरिन्छ।

के स्वास्थ्य बीमा बोर्ड खारेज गर्न लागिएको हो? के हो यथार्थ?

स्वास्थ्य बीमा नेपालको लागि आवश्यक छ। यदी स्वास्थ्य बीमा फेल भयो या खारेज भयो भने स्वास्थ्य क्षेत्र ५० वर्ष उँभो लाग्दैन। स्वास्थ्य क्षेत्र ५० वर्ष पछाडि धकेलिन्छ। त्यसैले मलाई लाग्छ, सरकारले स्वास्थ्य बीमा बोर्डलाई खारेज गर्ने गल्ती गर्दैन।

पत्रकारका परिवारको स्वास्थ्य बीमा

पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ ।...