गोरखामा गठबन्धन भंग, कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने

गोरखामा नेपाली कांग्रेस एक्लै चुनावमा उत्रने भएको छ। आइतबार बिहान कांग्रेस जिल्ला कार्यसमितिको बैठकले स्थानीय निर्वाचनमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए। जिल्लामा गठनबन्धनका दलहरुबीच आठौँ...

सम्बन्धित सामग्री

बाँकेमा विकासका ‘एजेन्डा’मा चुनावी प्रतिस्पर्धा

बाँकेमा विभिन्न राजनीतिक दलले अघि सारेका विकासका एजेन्डामा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवार आफ्ना विकास योजनाका एजेन्डा सहित दुर्गम गाउँदेखि सहरसम्म मतदाता समक्ष घरदैलोमा व्यस्त छन् ।नेकपा (एमाले), राप्रपा गठबन्धन, वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सडक, पूर्वाधार, स्वास्थ्य क्षेत्रको स्तरोन्नति, सहरी विकास, कृषिमा यान्त्रीकरण तथा विकास, खेलकुदको विकास लगायतका एजेन्डालाई पहिलो प्राथमिकतामा […]

मकवानपुर १ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

मकवानपुर, २५ कात्तिक । संसदीय आम निर्वाचन नजिकिदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा (एमाले), राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र आफ्नो पार्टीको धारणाबारे उम्मेदवारहरुले प्रकाश पार्दै आएका छन् । मकवानपुरको क्षेत्र नम्बर १ मा चुनावी […]

जुम्लामा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा, बागीकै डर

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ चार जना, प्रदेशसभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित तीन जना चुनावी मैदानमा होमिएका छन् । प्रदेश (२) मा १ स

दैलेख : यस्तो छ चुनावी प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन  दुई साता बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन् ।दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा एमाले र गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी गाउँ केन्द्रित चुनावी अभियानमा जुटेका हुन् । विसं २०७४ को सम्पन्न निर्वाचनमा तीन प्रद

सर्लाही–१ मा त्रिपक्षीय प्रतिस्पर्धा

सर्लाही – सर्लाही क्षेत्र नम्बर १ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ गठबन्धन दल, विपक्षी दल र बागी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएकाे हाे । गठबन्धनका तर्फबाट लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का रामप्रकाश चाैधरी, विपक्षी गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा) का प्रमाेद साह र विपक्षी दल नेकपा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिनुभएका मानबहादुर खड्काबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।  बागी उम्मेदवारी दिनुभएका खड्कालाई एमालेले कारबाही गरिसकेको छ । उहाँलाई पार्टी...

रोचक बन्दै म्याग्दीको चुनावी प्रतिस्पर्धा

म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन् । विसं २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् ।

दुई अर्थविज्ञको चुनावी प्रतिस्पर्धा

चितवन, कात्तिक २ । चितवनको निर्वाचन क्षेत्र नं १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। अर्थ मन्त्रालय सम्हालेर सफल अर्थमन्त्रीको छवी बनाएका पाण्डे र योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलो पटक निर्वाचनमा उम्मेदवार भएका पौडेल […]

सुदूरपश्चिममा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

सुदूरपश्चिम, २७ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली जिल्लामा विभिन्न दलले गठबन्धन गरेर प्रत्यासी उठाइएपछि प्रतिस्पर्धा भिन्न र रोचक बन्ने देखिएको छ । नेपाली कांग्रेससहितको बाम—लोकतान्त्रिक गठबन्धनले भागबन्डा गरेर आ–आफ्ना उम्मेदवार उठाउँदा (नेकपा एमाले)ले पनि प्रदेश सभाका केही क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेर उम्मेदवार उठाएपछि चुनावी प्रतिस्पर्धा विगतको भन्दा भिन्न र रोचक […]

नेपालगञ्जको चुनावी कमाण्ड सम्हालिरहेका तीन डाक्टर

नेपालगञ्ज – यसपटकको निर्वाचनमा नेपालगञ्जमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाबीच चुनावी प्रतिस्पर्धा छ। गठबन्धनबाट कांग्रेसका प्रशान्त बिष्ट, एमालेबाट पशुपतिदयाल मिश्र र राप्रपाबाट नन्दलाल वैश्य चुनावी मैदानमा छन्। तीनै जना उम्मेदवारको चुनावी रणनीतिको मोर्चा भने तीन जना डाक्टरले सम्हालेका छन्। डाक्टरहरु यतिबेला खुबै व्यस्त छन्। उनीहरुको व्यस्तता बिरामीको उपचार गर्न होइन कि आफ्नो उम्मेदवारलाई जिताउनका लागि […]

कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्याे : पाेखरेल

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ ।  आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव पोखरेलले कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताउनुभयो । उहाँले पालिका चुनावमा सत्तारुढ दलहरूले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले देशकाे सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको जिकिर गर्नुभयो । उहाँले सत्तारुढ दल...