कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्याे : पाेखरेल

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ ।  आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव पोखरेलले कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताउनुभयो । उहाँले पालिका चुनावमा सत्तारुढ दलहरूले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले देशकाे सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको जिकिर गर्नुभयो । उहाँले सत्तारुढ दल...