आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन दुई साता बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन् ।दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा एमाले र गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी गाउँ केन्द्रित चुनावी अभियानमा जुटेका हुन् । विसं २०७४ को सम्पन्न निर्वाचनमा तीन प्रद