नेपाल ज्योतिष परिषद्को २४ औँ वार्षिकोत्सव समारोह डिल्लीबजार केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । शनिबार कार्यक्रममा बोल्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले ज्योतिष शास्त्र गहन शास्त्र भएको बताउँदै संसारलाई बाटो देखाउने शास्त्र ज्योतिष भएको बताए । उनले ज्योतिष र धर्मशास्त्रको एक अर्काका परिपूरक भएको बताए ।विशिष्ट अतिथि विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज