नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक कार्तिक ३० गते आफ्नो ८५ औं वर्ष पुरा गरी ८६ औं वर्षमा प्रवेश गरेको छ । प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ्ग बिकास र उद्यमशिलताको प्रवर्द्धनमा नेपाल बैंकको अतुलनीय भू