राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औँ वार्षिकोत्सव समारोह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।  कार्यक्रममा अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंक प्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।  अर्थमन्त्री पौडेलले बैंकले संचालनमा ल्याएको पाँचवटा शाखा कार्यालयहरु र पाँचवटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चु...

सम्बन्धित सामग्री

रावा बैंक कर्मचारी संघ नेपालको ३४औं वार्षिकोत्सव

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४औं वार्षिकोत्सव कार्यक्रम शनिवार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संघले विविध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उत्कृष्ट कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरिसकेका संस्थानका कर्मचारीको सेवा सुविधा वृद्धिमा सरकारले सहयोग गर्नुपर्ने बताए ।  संघका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले कर्मचारीको तर्फबाट उचित ढंगले राखिएका सम्पूर्ण माग व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हकहितका लागि सम्पूर्ण पेशाकर्मी एक हुनुपर्नेे बताए ।  वार्षिकोत्सवको अवसरमा रावा बैंकको केन्द्रीय कार्यालय परिसरमा अध्यक्ष पाण्डेयले संघको झण्डोत्तोलन र वृक्षरोपण गरेका थिए । सो अवसरमा गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्यांकनमा उष्कृष्ट भएबापत अवार्ड प्रदान गरिएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित म्युजिकल चेयर प्रतियोगिता र राविया नेपाल रिलिफ फण्डको सहयोगार्थ शनिवार काठमाडौंमा ‘राविया सांस्कृतिक साँझ–२०८०’ समेत आयोजना गरिएको थियो । सोे अवसरमा साउन ४ मा गरिएको रक्तदान कार्यक्रममा बैंकका ७१ जना कर्मचारीले रक्तदान गरेका थिए ।