जो आफ्नै मृत्यु दर्ता खारेज गर्न अड्डा धाउँदै छन्

मृत्युलाई खण्डन गर्ने प्रमाण के हो ? त्यो जीवन नै हो । यहाँका एक युवक आफू जीवित रहेको दाबी गर्दै सरकारी अड्डा लगातार धाइरहेका छन् तर उनको मृत्यु दर्ता खारेज हुन सकेको छैन । ‘म जिउँदै छु, लौ हेर्नुस् भनेर जतिपटक जिरह गर्दा पनि पार लागेन,’ मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुभाष तामाङले हैरानी सुनाए ।

सम्बन्धित सामग्री

मोरङका सुभाषको मृत्यु दर्ता खारेज ,पाए नागरिकता

काठमाडौँ । विदेशमा मृत्यु भएको भनेर मृत्यु दर्ता गरिएका मोरङ बेलबारी–११ लक्ष्मी मार्गका सुभाष तामाङले बिहीबार मोरङ प्रशासनबाट नागरिकताको प्रतिलिपि पाएका छन् । सरकारी अभिलेखमा मृतकको सूचीमा रहेका सुभाष हातमा आफ्नै मृत्यु दर्ताको प्रमाण–पत्र बोकेर पुनः नागरिकता दिलाइ पाऊँ भन्दै चार वर्षदेखि जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न अड्डा–अदालत धाइरहेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले […]

आफ्नै मृत्यु दर्ता खारेज भएपछि सुभाषले पाए नागरिकता

काठमाडौं : आफ्नै मृत्यु दर्ताको प्रमाण–पत्र बोकेर लामो समयदेखि सरकारी कार्यालय धाइरहेका मोरङका सुभाष तामाङले नागरिकता पाएका छन्।जीवितै व्यक्तिको मृत्युदर्ता भएपछि उनलाई समस्या भएको थियो। मृत्युदर्ता भएको ६ वर्षपछि मोरङको बेलबारी–११ लक्ष्मीमार्गका तामाङले मोरङ जिल्ला प्रशासन कार्यालयबाट बिहीबार नागरिकता पाएका हुन्।सरकारी अभिलेखमा मृतकको सूचीमा रहेका सुभाष हातमा आफ्नै मृत्युदर्ताको प्रमाण–पत्र बोकेर पुनः नागरिकता दिलाइपाऊँ भन्दै चार वर्षदेखि जिल्ला प्रशासन कार्यालयलगाय

आफ्नो मृत्यु दर्ता खारेज गरी नागरिकता पाए सुभाषले

२९ साउन, विराटनगर । जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका एक व्यक्तिले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाएका छन् । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी प्राप्त गरेका हुन् । २०७२ साल असारमा साउदी अरबमा दुर्घटनामा परेका उनको मृत्यु भयो भन्दै शव आएपछि आफन्तले अन्त्येष्टि गरी […]

जथाभावि सरकारी कागजपत्र बन्दा सर्वसाधारणले दु:ख पाए : प्रजिअ निरौला

काठमाडौं : मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जथाभावि सरकारी कागजात बनाउँदा सर्वसाधारणले दुःख पाएकोमा आफूलाई दुःख लागेको बताएका छन्। आफ्नै मृत्यु दर्ता खारेजका लागि मोरङ जिल्ला प्रशासन कार्यालय पुगेका सुभाष तामाङको प्रशासनले मृत्यु दर्ता खारेज नगरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै निरौलाले जथाभावी सरकारी कागज बनाउँदा तामाङले दुःख पाएकोमा आफूपनि मर्माहत भएको जनाएका हुन्।निरौलाले सामाजिक सञ्जाल फेसबुक लेखेका छन,म मोरङको प्रमुख जिल

जो आफ्नै मृत्यु दर्ता खारेज गर्न अड्डा धाउँदै छन्

मृत्युलाई खण्डन गर्ने प्रमाण के हो ? त्यो जीवन नै हो । यहाँका एक युवक आफू जीवित रहेको दाबी गर्दै सरकारी अड्डा लगातार धाइरहेका छन् तर उनको मृत्यु दर्ता खारेज हुन सकेको छैन । ‘म जिउँदै छु, लौ हेर्नुस् भनेर जतिपटक जिरह गर्दा पनि पार लागेन,’ मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुभाष तामाङले हैरानी सुनाए ।