काठमाडौं : मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जथाभावि सरकारी कागजात बनाउँदा सर्वसाधारणले दुःख पाएकोमा आफूलाई दुःख लागेको बताएका छन्। आफ्नै मृत्यु दर्ता खारेजका लागि मोरङ जिल्ला प्रशासन कार्यालय पुगेका सुभाष तामाङको प्रशासनले मृत्यु दर्ता खारेज नगरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै निरौलाले जथाभावी सरकारी कागज बनाउँदा तामाङले दुःख पाएकोमा आफूपनि मर्माहत भएको जनाएका हुन्।निरौलाले सामाजिक सञ्जाल फेसबुक लेखेका छन,म मोरङको प्रमुख जिल