मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी

दमौली- तनहुँ कारागारका कैदीबन्दी आम्दानी बढाउन  लागिपरेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् ।यत्तिकै जाने समय सदुपयोग गर्दै मुढा बुन्न व्यस्त रहने गरेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी भएको रकम घर पठाउने गरेका छन् । आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले […]

सम्बन्धित सामग्री

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

यो पनि पढ्नुहोस् मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी यो पनि पढ्नुहोस् मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी यो पनि पढ्नुहोस् मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दीघोराहीस्थित काराग

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

यो पनि पढ्नुहोस् मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी यो पनि पढ्नुहोस् मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी यो पनि पढ्नुहोस् मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दीघोराहीस्थित काराग

कैदी बन्दीको सीप

यहाँका कैदी बन्दीहरूले मुढा बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।

दशैँमा मूढा उत्पादनमा व्यस्त कैदीबन्दी, प्रतिगोटा ३५० देखि १ हजारसम्ममा बिक्री

दमौली । जिल्ला कारागारका तनहुँका कैदीबन्दीले यस वर्षको दसैँमा ५ लाख रुपैयाँ बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् । बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायतका कार्यमा व्यस्त छन् । प्रमुख अधिकारीले भने, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ । कैदीबन्दीले मूढा बिक्रीआ गरेर दशैंमा घरखर्चसमेत पठाउने गरेका छन् ।” कारागारमा बुनिएको मुढा ३५० देखि १ हजारसम्ममा बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले बताए । उनका अनुसार दशैंमा ५ लाख रुपैयाँ बराबरको मूढा बिक्री हुने अनुमान गरिएको छ । उनले भने, “कारागारमा यत्तिकै दिन कटाउनुभन्दा अधिकांश कैदीबन्दी आयआर्जनतर्फ जोडिएका छन् । धेरैजसोले दशैंमा मुढा बिक्री गरेबापतको पैसा घरमा पठाउने गरेका छन् ।” कारागारमा दुई ब्लकमा २८२ कैदीबन्दी छन् । चाडपर्वमा मूढाको माग बढी हुने गर्दछ । यहाँ उत्पादित मूढा विभिन्न ठाउँमा बिक्री हुने गरेको छ । कतिपयले भने कारागार मै आएर पनि मूढा किन्ने गरेका छन् । कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । कारागारमा मूढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको बताइन्छ । मूढा उठाउने, टायर राख्ने, बुन्ने, विट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । रासस