स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गरेका छन् । सीमित स्थानबाट मात्र परीक्षण हुँदा रोजगारी र अध्ययनका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षणको पालो ढिलो आउने र त्यसले समस्या पर्ने गरेको भन्दै मन्त्री खतिवडाले त्यसलाई तत्काल दायरा बढाई सहज गराउन आग्रह गरेका हुन् । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले मन्त्री खतिवडासँग शिष्टाचार भेट गर्ने क्रममा सो कुरामा जोड दिएका हुन् । भेटमा दुई देशबीचको सन् १९६०