राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौंदेखि भारतको नयाँ दिल्लीतर्फ जाने हवाई यात्रुले अब अनिवार्य एयर सुविधा फारम भर्नुपर्ने भएको छ ।
निगमले मंगलबार सूचना जारी गर्दै अब सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने ’boutमा जानकारी गराएको हो । निगमको पछिल्लो नियमअनुसार अब काठमाडौंबाट दिल्ली जाने सबै हवाई यात्रुले आफ्नो साथमा ४८ घण्टाभित्रको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र साथमा लिनुपर्नेछ ।
यसैगरी, हवाई यात्रुहरूले नेपाल सरकारले अनिवार्य गरेको...