इरान र कुवेतले लगाए भारतको उडानमा प्रतिबन्ध

एजेन्सी। कोरोना संक्रमण तीव्र बनेसँगै इरान र कुवेतले भारतको उडानमा रोक लगाएका छन् । यसअघि युएई, बेलायत र फ्रान्सले पनि भारतको उडानमा प्रतिबन्ध लगाइसकेका छन्। इरानले भारत र पाकिस्तानमा हुने उडानमा रोक लगाएको छ भने कुवेतले भारतमा हुने व्यावसायिक उडानमा रोक लगाएको छ। क्यानडा र न्युजील्यान्डले पनि उडानमा रोक लगाइसकेका छन्।