काठमाडौं। कोरोना संक्रमणका घटना बढेको भन्दै क्यानडाले भारतीय र पाकिस्तानी उडानमा एक महिना प्रतिबन्ध लगाएको छ। बिहीबारबाट लागू हुने गरी त्यहाँको यातायात मन्त्रालयले दुवै देशको उडानमा रोक लगाएको हो। भारतमा पछिल्लो दिनहरुमा कोरोनाको केसहरु तीव्र रुपमा बढिरहेको छ।