काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनका विरुद्ध देशव्यापी सङ्घर्ष गर्नुका साथै निर्वाचन कार्यालयको नियमित गतिविधिमा सामेल हुने बताएको छ ।
राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ पुस २९ गते प्रकाशित प्रेसवक्तव्यमार्फत यस्तो घोषणा गरिएको हो ।
संसद विघटन, सङ्घीयताको खारेजी, महङ्गी, भ्रष्टाचारको अन्त्यका लागि विरोध गर्न तथा विघटित संसदको पुनःस्थापना, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि सङ्घर्ष चलाउँदै निर्वाचनसित सम्बन्धित नियमित गतिविधिमा जोड दिइएको उक्त वक्तव्यको पूर्ण पाठ यस्तो छ–
“ओली सरकारले प्रतिनिधि सभाको विघटन गरी मध्यावधी निर्वाचनको घोषणा गरेपछि जिल्लास्थित निर्वाचन कार्यालयबाट सर्वदलीय बैठक बस्नका लागि जिल्लास्थित राजनीतिक दलहरूलाई बोलाएको छ । त्यसबारे राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट गर्न यो वक्तव्य जारी गरिएको छ ।
१. निर्वाचन कार्यालयद्वारा निर्वाचनसम्बन्धी गरिने नियमित कामहरूका विषयमा (मतादाता नामावली, मतदान केन्द्र आदि) जिल्ला निर्वाचन कार्यालयले आयोजना गर्ने सर्वदलीय, सर्वपक्षीय बैठकहरूमा हाम्रो पार्टीको तर्फबाट पहिलेदेखि नै सहभागी हुने नीति छ । त्यस प्रकारका बैठकमा यस पटक पनि जाने हाम्रो नीति हुने छ ।
२. ओली सरकारले असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी शैलीबाट सार्वभौम जनताको संसद विघटन गरी निर्वाचनको मिति तोकेको विषयप्रति हाम्रो पार्टीको गम्भीर विरोध छ । विघटित संसदको पुनःस्थापना हुनुपर्छ भन्ने हाम्रो पार्टीको जोडदार माग र त्यसका लागि पार्टीले देशव्यापी सङ्घर्षका कार्यक्रमको घोषणा गरी कार्यक्रम अगाडि बढाइरहेको छ । निर्वाचन कार्यालयद्वारा गरिने नियमित कामको विषयमा बोलाइएका सर्वदलीय बैठकमा हाम्रो सहभागिता हुने भएता पनि संसद विघटनका विरुद्ध र विघटित संसदको पुनःस्थापनाको पक्षमा हाम्रो निरन्तर जोड रहने छ ।
३. संसदको विघटन, सङ्घीयताको खारेजी, महङ्गी, भ्रष्टाचारको अन्त्यका लागि विरोध गर्न तथा विघटित संसदको पुनःस्थापना, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि पार्टीद्वारा सङ्घर्षको घोषणा गरिएको छ । उल्लिखित सङ्घर्षका कार्यक्रम एकल वा मिल्न सक्ने कुनै पनि विषयमा सहमत हुने अन्य पक्षसँग (राजावादी र राप्रपाबाहेक) संयुक्त भएर जान सकिने छ । सङ्घर्षका कार्यक्रमलाई परिणाममुखी बनाउन हामीले सङ्घर्षको विषयलाई आधारभूत जनताको बिचमा पुर्याउन जरुरी छ । जनबलबाट नै प्रतिगमनलाई परास्त गर्न सकिने हुँदा सबै जनसमुदायलाई ...