प्रतिनिधि सभा सदस्यहरुको शपथ केहीबेरमा सुरु हुँदै

प्रतिनिधि सभा सदस्यहरुलाई शथप ग्रहण गराउने कार्यक्रम केही समयमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधि सभा बैठक कक्षमा सुरु हुँदैछ। प्रतिनिधि सभाका जेष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्सेर जबराले प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने छन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल २७५ सदस्य निर्वाचित भएका थिए।