हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ खटिएका छन् । वर्षाका कारण तोकिएको समयभन्दा ढिला गरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी छ ।मतदान केन्द्र र स्थलको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ । मतदानस्थल, मतदान क