विवेकशील साझा पार्टी बागमती प्रदेशले बुधबार हुँदै गरेको राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । विवेकशील साझा पार्टी, बागमती प्रदेश सभा संसदीय दलको बैठकले पार्टीको तर्फबाट उम्मेदवारी नरहेको तथा प्रदेशबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो । विवेकशीलको बागमती प्रदेशमा प्रतिनिधित्व रहे पनि अन्य प्रदेशमा रहेको छैन । सो पार्टीले सर्वोच्चको आदेश अ