अन्तर्राष्ट्रिय नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना : राष्ट्र निर्माणको बाटोमा ‘प्रचण्ड-नेपाल’ले अवरोध गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नयाँ वर्ष इस्वी सम्बत २०२१ को शुभकामना दिँदै विभाजित नेकपाको अर्को समूहप्रति कटाक्ष गर्नुभएको छ । सन्देशका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ सपना पूरा गर्ने बाटोमा अघि बढिरहेको दाबी गर्दै त्यसमा ‘मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिहरूका निजी आकांक्षा’ले अवरोध पुर्‍याएको आरोप लगाउनुभएको हो । कसैको नाम नलिएका प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै देश विकासको बाटोमा बाधक बनेको आरोप लगाउनुभएको छ । यसका बाबजुद मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिहरूका निजी आकांक्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेको पनि प्रधानमन्त्रीको दाबी छ । शुभकामनाको पूर्ण पाठ: आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ग्रेगोरियन क्यालेन्डर अथवा इस्वी संवतको पात्रो नुसार प्रत्येक वर्षको जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रूपमा मनाइन्छ । वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी संवतलाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रूपमा मनाउँछौं । भर्खरै बिदा भएको सन् २०२० मा हामीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नुपर्‍यो । यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्‍यायो । संसारका साधन, स्रोत, प्रविधि र शक्तिसम्पन्न मानिएका देशहरूले समेत यस महामारीका कारण हाम्रोभन्दा कैयौं गुणा बढी क्षति बेहोर्नुपर्‍यो । हामीले कोभिडसँग लड्ने क्षमताका हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिँदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु । दिदीबहिनी तथा दाजुभाइहरू, भर्खरै बिदा भएको सन् २०२० मा नेपाललाई हामीले निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएका छौं । ...

सम्बन्धित सामग्री

पाथिभरा एड्भर्टाइजिङ दशौं वर्षमा प्रवेश

इटहरीको पाथीभरा एड्भर्टाइजिङ दशौं वर्षमा र पाथीभरा जब लिंक पाँचौ वर्षमा प्रवेश गरेको छ।

नयाँ वर्षमा प्रकृतिको शुभकामना

नयाँ वर्षमा एकले अर्कोलाई शुभकामना दिनु नौलो होइन। तर, सिरहामामा भने नववर्षमा प्रकृति स्वयंले शुभकामनासँगै ‘फूल’ उपहार दिने गर्छ।...

तीन वर्षमा बन्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न सक्ने भनेर सम्झौता गरिएको भए पनि ठेकेदारको लापरवाहीका कारण उक्त पुलको अहिलेसम्म जम्मा २० प्रतिशतमात्रै सम्पन्न भएको छ । विसं २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी विसं २०७१ मा ठेक्का …

पाथीभरा एड्भरटाइजिङ ८ वर्षमा

पाथीभरा एड्भरटाइजिङ प्रालि आठ वर्षमा र पाथीभरा जब लिंक तेस्रो वर्ष प्रवेश गरेको छ।

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि ८ वर्षमा झर्‍यो

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि घटाएर ८ वर्षमा झारिने भएको छ । मन्त्रिपरिषद्को निर्णयले प्रहरी उपरीक्षक (एसपी)सम्म १२ वर्ष पुगेपछि बढुवा हुने अवधिलाई घटाएर ८ वर्ष बनाउने निर्णय गरेको हो । कार्यालय सहयोगीको ५ तह बढुवा हुने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको संशोधन मन्त्रिपरिषद्ले स्वीकृति गरेको हो । सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई थपिने भएको छ भने प्रहरीले पाउने तक्माको २ अंक काटेर ज्येष्ठतामा थपिएको छ । ‘एसपीसम्म १२ वर्ष बढुवा हुने कुरालाई ८ वर्षमा झार्ने, कार्यालय सहयोगी ५ तह बनाउने...

दुई वर्षमा सक्नुपर्ने सडक सात वर्षमा पनि नबनेपछि

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कमलविनायकदेखि भत्केको पाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर सडक विस्तारका लागि २०७१ असार २ गते नेकपा माओवादी अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको सैलुङ्ग कन्स्ट्रक्सन …

वात्सल्य ५ औं वर्षमा प्रवेश

१४ भदौ, काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ ५औं वर्षमा प्रवेश गरेको छ । ५ औं वर्षमा प्रवेश गरेको अवसरमा वात्सल्यले प्रजनन् जाँचका लागि आउने दम्पतिलाई नि:शुल्क वाह्य सेवा (ओपीडी) र अल्ट्रासाउण्डको व्यवस्था मिलएको छ । सोमबारदेखि ५ औं वर्षमा प्रवेश गरेको वात्सल्यले यो सेवा भाद्र मसान्तसम्म निःशुल्क दिने जनाएको छ । लामो समयदेखि सन्तान प्राप्त […]

एक वर्षमा १० हजारलाई स्वास्थ्य अनुसन्धानसम्बन्धी तालिम

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २९ वर्षमा गरेका उपलब्धि पछिल्लो एक वर्षमा भएको प्रतिवेदन सार्वजनिक भएको छ । हालै सम्पन्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सातौँ राष्ट्रिय शिखर सम्मेलनद्वारा...

पूरा होला दुई वर्षमा लुम्बिनी गुरुयोजना ?

१६ जेठ, बुटवल । १७ वर्षमा पूरा गर्ने भनिएपनि ४३ वर्षसम्म पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना अबको दुईदेखि तीन वर्षमा पूरा हुने भएको छ । संघीय सरकारले शनिबार ल्याएको बजेटमा आउँदो आर्थिक वर्षका लागि एक अर्ब ५० करोड बजेट छुट्टाउँदै दुई वर्षमा पूरा हुने घोषणा गरिएसँगै लुम्बिनी गुरुयोजना छिट्टै पूरा हुने आशा पलाएको हो । […]