संसदीय समितिमै माधव नेपालले ओलीपक्षीय सांसदलाई भने– प्रतिगमनका मतियार बाहिर गइहाल्नुस् !

नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पुगेको छ । आइतवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षका एक सांसदलाई ‘प्रतिगमनको मतियार’ भन्दै हकारेका छन् । आइतवारको बैठकमा सांसद् नारदमुनी रानाले यो संसद् जनताबाट नभई सर्वोच्च अदालतको आदेशबाट आएको बताए । उनले संसद् चाहिने एमालेका सांसदहरू वैशाख २७ गतेको बैठकमा कहाँ गएका थिए भनेर कटाक्ष गरे ।  त्यसपछि नेता नेपालले प्रतिगमनका मतियारहरू बाहि...

सम्बन्धित सामग्री

माधव नेपालले एमाले नेताहरुलाई अपहरण गर्नुभाे : ओली

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नहोस् भन्नका लागि १४ जना सांसदलाई कारबाही गरिएको बताएका छन्। तर सभामुख अग्नि सापकोटाको अलोकतान्त्रिक गतिविधिका कारण विभाजन रोक्न नसकिएको उनले बताए। १४ जना सांसदलाई कारबाही भएको सूचना संसद सचिवालयले टाँस गरेको भए एमाले विभाजनका लागि चाहिने प्रतिशत नपुग्ने ओलीको दाबी छ। बुधबार आयोजित पत्रकार […]

माधव नेपालले पार्टी फुटाउँदा आएका सांसदलाई आलोपालो मन्त्री बनाउने

काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले फुटाउँदा आफ्नो पक्षमा आएका सांसदहरु सबैलाई मन्त्री बनाउने भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा ६ मन्त्रालय मात्र पाउने सहमति भएपनि माधव नेपालले कुशल व्यवस्थापनबाट सबैलाई मन्त्री बनाउने भएका छन् । नेपाल निकट स्रोतका अनुसार यसै हप्ता ६ जना मन्त्री बन्नेछन् । उपसभामुख […]

२२ सांसदसँग सरकारमा सहभागिताबारे छलफल गर्दै माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदलाई छलफलका लागि बोलाएका छन् ।  आज दिउँसो १ बजे शंखमुलस्थित सहना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूलाई छलफलको लागि बोलाइएको नेपाल समूहका सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘सरकारमा सहभागिताका विषयमा सांसदहरूसँग छलफलका लागि माधव नेपालले बोलाउनु भएको हो । स्थायी समितिले गरेको निर्णयको बारेमा पनि कुराकानी हुन्छ,’ उनले भने । माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...

माधव नेपालले अधिनायकवादी चरित्र देखाए: सांसद चौधरी

काठमाडौँ – संसदमा अन्तराष्ट्रिय सम्बन्ध समितिमा आइतबार घटेको घटनाले प्रवेश पाएको छ। मंगलबार संसदको शून्य समयमा एमालेकै सांसद गंगा चौधरीले आइतबार अन्तराष्ट्रिय सम्बन्ध समितिमा वरिष्ठ नेतासमेत रहेका माधव नेपालले सांसद नारदमुनी रानामाथि दुर्व्यवहार गरेको आरोप लगाइन्। सांसद चौधरीले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको आरोप लगाइन्। उनले भनिन्, ‘यो […]

अनि माधव नेपालले सांसदलाई भने : प्रतिगमनको मतियार ! बाहिर जानुस्

१० साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सांसद नारदमुनि रानाबीच भनाभन भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक बसेको समितिको बैठकमा आर्थिक वर्ष २०७७/७८ मा गरेको कामको समीक्षा हुँदै थियो । तर बैठकमा सांसदहरुले संसद पुनर्स्थापना भएकोमा खुशी साटे । समितिका सदस्य नेपालले पनि संसद जोगिएको […]

माधव नेपालले गरे २२ सांसदलाई सलाम

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गत साउन ३ गते अर्को षड्यन्त्र हुनेवाला रहेको बताउँदै प्रतिनिधिसभा जोगाउन सहयोग गरेकोमा पार्टीका २२ सांसदलाई सलाम गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले साउन ३ गते शेरबहादुर देउवालाई अविश्वासको मत दिएर संसद विघटन गराउने षडयन्त्र भएको बताउँदै त्यसलाई चिर्न सफल भएको उल्लेख गरे । देउवालाई असफल पारेर केपी ओल

माधव नेपालले बोलाए २२ सांसदलाई छलफलमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका सांसदहरूलाई छलफलमा बोलाएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको परिस्थिति र समसामयिक राजनीतिको बारेमा छलफल गर्न लागिएको बताइएको छ ।  एक सांसदले दिएको जानकारीअनुसार आज छलफल हुन्छ सहभागी हुनुपर्छ भनिएको छ तर, कति बजे र कुन ठाउँमा भन्ने जानकारी आइसकेको छैन । भेलामा पार्टीले सोधेको स्पष्टीकरण र प्रधानमन्त्रीलाई दिइएको विश्वासको मतपछिको परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल हुन सक्ने ती सांसदले बताए ।  ...

एमालेले देउवालाई मत दिने सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा विश्वासको मत दिने माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण साधेको छ । बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यान्वयनमा लगे पनि माधव नेपालले नमानेको बताए ।

यसकारण माधव नेपालले एमाले फुटाउँदैनन्

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ जना प्रतिनिधि सभाका सांसदलाई पदमुक्त गर्ने प्रक्रिया बढाइसकेका छन् । उनीहरुविरुद्ध पार्टी विधानविरुद्ध गएको भन्दै स्पष्टिकरण सोधिएको छ । उपयुक्त जवाफ नआए सांसदबाट पदमुक्त गर्ने तयारी छ । ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउँदा सम्भावित फ्लोर […]