नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदलाई छलफलका लागि बोलाएका छन् ।
आज दिउँसो १ बजे शंखमुलस्थित सहना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूलाई छलफलको लागि बोलाइएको नेपाल समूहका सांसद मेटमणि चौधरीले जानकारी दिए ।
‘सरकारमा सहभागिताका विषयमा सांसदहरूसँग छलफलका लागि माधव नेपालले बोलाउनु भएको हो । स्थायी समितिले गरेको निर्णयको बारेमा पनि कुराकानी हुन्छ,’ उनले भने ।
माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...