माधव नेपालले गरे २२ सांसदलाई सलाम

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गत साउन ३ गते अर्को षड्यन्त्र हुनेवाला रहेको बताउँदै प्रतिनिधिसभा जोगाउन सहयोग गरेकोमा पार्टीका २२ सांसदलाई सलाम गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले साउन ३ गते शेरबहादुर देउवालाई अविश्वासको मत दिएर संसद विघटन गराउने षडयन्त्र भएको बताउँदै त्यसलाई चिर्न सफल भएको उल्लेख गरे । देउवालाई असफल पारेर केपी ओल

सम्बन्धित सामग्री

माधव नेपालले भने- संसद् र संविधान जोगाउने २२ सांसदलाई सलाम, ८३ प्रति सहानुभूति

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सहयोग गरेर संविधान र संसद् जोगाउन भूमिका निर्वाह गरेको भन्दै २२ जना सांसदहरूको प्रशंसा गरेका छन् ।  ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलनको अबको बाटो विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘साउन ३ गते गम्भीर षड्यन्त्र भएको थियो, शेरबहादुर देउवाले जसरी पनि विश्वासको मत नपाओस्, त्यो षड्यन्त्रलाई असफल बनाएका छौं । संसद्को रक्षा गरेका छौ...