कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अवकाश प्राप्त चिकित्सक बोलाएको छ ।
सरकारले कोरोना महामारी नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि अवकाश पाइसकेका चिकित्सक र स्वास्थ्यकर्मी एक वर्षका लागि करारमा लिन सक्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयअनुसार सेतीले सरकारी स्वास्थ्य संस्थाबाट अवकाश पाएका विशेषज्ञ चिकित्सकलाई मार्गनिर्देशन तथा उपचारमा सहयोगको लागि आग्रह गरेको हो ।