सेती अस्पताल : कर्मचारी भर्नामा ‘गडबड’, समितिकै दुई धार

धनगढी : सेती प्रादेशिक अस्पताल, धनगढीको व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले चैत २१ गते चिकित्सक र स्वास्थ्यकर्मीं छनोटमा चलखेल रोक्न भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराए।उनले मंगलबार अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। कर्मचारी पदपूर्तिमा आर्थिक र राजनीतिक चलखेल भइरहेको भन्दै उनले ध्यानाकर्षण पत्र बुझाएका हुन्।समितिकै सदस्य समेत रहेका उनले आन्तरिक चलखेल भइरहेको आरोप लगाएपछि यो कुरा झन् बल्झिएको छ। अस्पतालले करार सेवामा व्यवस्थापन मापदण्