कञ्चनपुर : बेदकोट नगरपालिका–७ झजपुराका चक्र फर्सवानको घरबाट प्रहरीले ३९१ बोरा रासायनिक मल बरामद गरेको छ। फर्सवानको घरमा अवैध रुपमा राखिएको डिएपी मल बिहीवार साँझ बरामद गरेको प्रहरीले बताएको छ।उक्त मल भारतबाट अवैध रुपमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। उनका अनुसार बरामद मलको मूल्य सात लाख ८२ हजार रुपैयाँ रहेको छ। बरामद मल भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।