चीनबाट रासायनिक मल भित्रिँदै

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट रासायनिक मल नेपाल भित्रिएको छ । तातोपानी नाकाबाट बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न शिल्क मार्केटले जिम्मेवारी पाएको थियो । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो पटक एक हजार ५ […]

सम्बन्धित सामग्री

२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

वीरगञ्ज । पछिलो पटक चीनबाट ल्याइएको कुल २५ हजार मेट्रिकटन रासायनिक मल डीएपी नेपाल भिœयाउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भिœयाउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको छ । नेपालमा विशेषगरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् । कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय वीरगञ्जका अनुसार सीमापारि भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो । सीमापारि भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल (डीएपी) अब तत्काल नेपाल भित्र्याउने तयारी गरिएको कार्यालयका सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार यसपटक भित्रिएको कुल २५ हजार मेट्रिकटन रासायनिक मल डीएपीमध्ये ९ हजार भैरहवा नाकाबाट, ९ हजार ५०० वीरगञ्ज नाकाबाट र ६ हजार ५०० मेट्रिकटन रासायनिक मल विराटनगर नाकाबाट नेपाल भित्रिनेछ । यस पटक भित्र्याइएको रासायनिक मल डीएपी विशेषगरी गहुँ, मकै र तोरीलगायत बालीका लागि उपयुक्त मानिन्छ । भारतीय सप्लायर्स कम्पनी इञ्जियन पोटास लिमिटेडमार्फत नेपाल भित्र्याउन लागेको उक्त रासायनिक मल डीएपी कृषि सामग्री कम्पनी लिमिटेडमार्फत नेपालका विभिन्न भू–भागमा पर्दछ । नेपाली भित्रिने विभिन्न मललाई देशका विभिन्न स्थानमा संरचना रहेको कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय सहकारी संस्थामार्फत किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ । रासस

२५ हजार मेट्रिक टन चिनियाँ मल नेपाल भित्रिँदै

काठमाडौं : पछिल्लो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल  डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ। चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो।  नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ। वीरगञ्ज, विराटनगर र भैरहवा…