काठमाडौँ। काठमाडौँ क्षेत्र नं. ९ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन्।
श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन्। श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे।