कोभिडविरुद्धको खोप लगाउन यसरी बोकेर लगिन महिला स्वास्थ्य स्वयंसेविकाले

गुल्मी– नेपालमा अहिले कोभिडविरुद्धो खोप अभियान चलिरहेको छ । स्थानीयस्तरमा खोप लगाउने अभियान चलिरहँदा महिला स्वास्थ्य स्वयंसेविकाले खोपको परामर्शसहित स्वमंसेवामात्र गरिरहेका छैनन् । असक्त र खोपकेन्द्रसम्म जान नसक्नेलाई आफैँले बोकेर खोप लगाउन लैजाने गरेका छन् । यो तस्वीर पनि एक महिला स्वयंसेविकाले खोप लगाउन एक असक्त वृद्धालाई खोपकेन्द्र लैजाँदै गरेको हो । गुल्मीको गुल्मीदरबार गाउँपालिका […]

सम्बन्धित सामग्री

अब अष्ट्रेलिया प्रवेश गर्न कोभिडविरुद्धको खोप लगाउन नपर्ने

अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रवाधान अन्त्य गरिएको घोषणा गरेको छ। यहाँको गृहमामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले आइतबार उक्त जानकारी दिएका...

क्यानडाका प्रधानमन्त्री कोभिड पोजेटिभ

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड सङ्क्रमण भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेको जनाएका छन् । उनले कोभिड खोप नलगाएकाहरूलाई पनि खोप लगाउन आह्वान गरेका छन् ।  ‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ । म सार्वजनिक स्वास्थ्य दिशानिर्देश  पालना गर्दैछु र अलग्गै बस्नेछु । खोप लगाइसकेकाले मेरो अव

५ देखि ११ वर्षकालाई पनि कोरोना खोप लगाइने, पहिलो चरणमा कुन–कुन जिल्ला ?

२४ जेठ, काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले ९ असारदेखि कोभिडविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार उक्त खोप जेठ अन्तिमसम्ममा नेपाल आउने छ । ‘खोप सञ्चालन गर्नुभन्दा सात दिन अगाडी नै खोप उपलब्ध गराइदिनुहोस भनेका छौं । खोप कार्यतालिका अनुसार जेठ २५ देखि ३० भित्रमा २० लाख मात्रा आउने छ,’ […]

काठमाडौंमा ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप

काठमाडौं । कोभिड-१९को संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप […] The post काठमाडौंमा ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

निजी मेडिकल कलेज र अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न सक्ने

काठमाडौं : अबदेखि निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने भएका छन्।सरकारले निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने जनाएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै सबै मेडिकल कलेज तथा ५० वेड माथिका निजी अस्पतालहरूले कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न चाहेमा जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप कार्यक्रम सुरु गर्न सक्ने ज

बर्दियाका बाढी प्रभावित क्षेत्रमा कोभिड खोपको प्राथमिकता

बर्दिया : बर्दियाका बाढी प्रभावित राजापुर र गेरुवा गाउँपालिकामा १८ वर्षमाथिका सबैलाई सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ।बाढी प्रभावित दुई पालिकामा १८ वर्षदेखि ४४ वर्ष उमेरसम्मका सबैलाई भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा लगाउन सुरु गरिएको हो।स्थानीय बासिन्दाले खोप लगाउन पाउँदा खुसी भएको बताएका छन्। १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो म

महासंघ सचिवालयमा लगाइयो कोभिडविरुद्धको खोप

काठमाडौं (अस) । स्वास्थ्य मन्त्रालय÷स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय, टेकुमा उद्योगी व्यवसायीका लागि कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । महासंघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलव्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट खोप कार्यक्रम सञ्चालन गरिएको हो ।       भदौ ४ गते आयोजित कार्यक्रममा महासंघका सदस्य संघ–संस्थामा आबद्ध उद्यमी व्यवसायी, कामदार कर्मचारी तथा परिवारजनलाई खोप दिइएको थियो । कार्यक्रममा करिव ६ सय जनाले भेरोसिल खोप लगाएको महासंघले बताएको छ । खोप कार्यक्रमको सुरुआत महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा सीप विकास समितिका सह–सभापति भक्तबहादुर हमालले संयुक्त रूपमा गरेका थिए । सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिडविरुद्धको खोप उपलब्ध गराएजस्तै सबै प्रदेशहरूले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीलाई प्राथमिकतामा राखेर खोप लगाउन महासंघले आग्रह गरेको छ ।

रुपन्देहीका कोभिडविरुद्धको खोप लगाउने विषयमा विवाद, ४ ठाउँमा रोकियो

कोभिडविरुद्धको खोप लगाउने क्रममा रुपन्देहीका ४ ठाउँमा विवाद हुँदा कार्यक्रम नै स्थगित  भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताए ।रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो । खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएप

दराजका फ्रन्टलाइन कर्मचारीले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं। दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्ना सबै फ्रन्टलाइन कर्मचारीलाई कोभिड-१९ खोप लगाउन सुरु गरेको छ। अलिबाबा समूहको स्वामित्व रहेको दराजले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गरेको हो। दराजले नेपालका ६०० कर्मचारीमध्ये डेलिभरी गर्ने कर्मचारीलाई खोप लगाउने बताएको छ। कम्पनीले गत २ हप्ताको अवधिमा विभिन्न सहरबाट कर्मचारीलाई काठमाडौं ल्याएर खोप लगाइ फिर्ता पठाइसकेको छ।