नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गर्न कमिटी गठन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा समिति बनाएर अन्तर्घात गर्नेलाई कारवाही गर्ने तयारी गरेको हो ।गत वैशाख ३० गते भएको स्थानीय चुनावमा अन्तर्घात गरेर पार्टीका उम्मेदवारलाई हराउन नेतालाई कारवाही गर्न कमिटी बनाएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘स्थानीय चुनावमा माओवादीमा धेरै उम्मेदवारमाथि अन्तर्घात भएको सूचना आएको छ । त्यसैले छान