काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली स्वचालित बनाइदै

विद्युत् वितरण सेवा प्रभावकारी बनाउन अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माण भइरहेको छ । केन्द्रमा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।  यो केन्द्र काठमाडौँको स्युचाटारमा रहेको भारप्रेषण केन्द्र परिसरमा निर्माण भइरहेको छ ।...

सम्बन्धित सामग्री

विद्युत् वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टर उद्घाटन

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौँको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टर उद्घाटन गर्नुभएको हो । काठमाडौँको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर उद्घाटन गर्दै मन्त्री बस्नेतले अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महìवपूर्ण पाइला भएको बताउनुभयो । उहाँले ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवालाई स्वचालित तथा आधुनिक बनाउन यो सेन्टर निर्माण महत्वपूर्ण उपलब्धि हासिल भएको

उपत्यकाको विद्युत् वितरण प्रणाली सुधारका लागि आठ सबस्टेशनको निर्माण धमाधम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ ओटा सबस्टेशन निर्माण गरिरहेको छ । उपत्यकामा ४००, २०० र १३२ केभी क्षमताका सबस्टेशन निर्माणाधीन छन् ।   सन् २०५० को सम्भावित विद्युत् मागलाई सम्बोधन गर्न प्राधिकरणले समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरूमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएको छ । सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षण भइरहेको छ ।  काठमाडौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सबस्टेशन निर्माणाधीन छन् । टेकु र चाँगुनारायणका सबस्टेशन निर्माणको अन्तिम चरणमा छन् । दुवै सबस्टेशन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाभित्रको विद्युत्को बढ्दो  माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सबस्टेशन आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।  कार्यकारी घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सबस्टेशनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सबस्टेशनहरूको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।  ‘यस वर्षको जाडोमा काठमाडौं उपत्यकामा विद्युत्को माग त्यति बढेन, यसले गर्दा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज भयो, आगामी वर्षको जाडोलाई ध्यान दिई त्यसभन्दा अगाडि नै सबस्टेशनको निर्माण सक्नुपर्छ,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘टेकु र फुटुङ सबस्टेशन निर्माण सम्पन्न भएपछि काठमाडौंको विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा धेरै सहज हुन्छ ।’  टेकुस्थिति ६६/११ केभी सबस्टेशनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेशन निर्माण भइरहेका छन् । दुवै सबस्टेशनमा ४५/४५ एमभीए क्षमताका दुई ओटा पावर ट्रान्सफर्मरहरू राखिनेछ । बालाजु-चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेशनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । काठमाडौंको केन्द्र भागको विद्युत् आपूर्तिलाई सहज बनाउन टेकु सबस्टेशनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि नौ ओटा नयाँ फिडर निकालिनेछ ।  काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेशन निर्माण, सञ्चालनमा रहेका सबस्टेशनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजनाहरू सञ्चालित छन् ।  नेपाल सरकार तथा प्राधिकरणको लगानी,  एशियाली विकास बैंक (एडीबी) र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूणर् ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ ।   काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूणर् मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सबस्टेशनमा ४५ एमभीए क्षमताका दुइटा पावर ट्रान्सफर्मरहरू रहनेछन् ।  सुक्खाबन्दरगाह नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेशन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ ।  चोभारमा सबस्टेशन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेशनमा पुर्‍याइनेछ । लगनखेल सबस्टेशनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिनेछ । ललितपुर क्षेत्रमा स्युचाटार-पाटन-वानेश्वर ६६ केभी लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।  स्थानीयको अवरोधका कारण लप्सीफेदीमा ४०० र २२०/१३२/११ केभी सबस्टेशन निर्माण शुरू हुन सकेको छैन । तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेशन निर्माण गर्न लागिएको हो । लप्सीफेदीबाट चाँगुनारायण सबस्टेशनसम्मको करीब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ ।

एडीबीको थप सात अर्ब ऋण

प्रसारण लाइन र वितरण प्रणालीको स्तरोन्नतिका लागि एसियाली विकास बैङ्क (एडीबी)ले नेपाललाई थप सात अर्ब २० करोड रुपियाँभन्दा बढी ऋण उपलब्ध गराउने भएको छ । एडीबीकै ऋण सहायतामा कार्यान्वयन भइरहेको विद्युत् ग्रिड आधुनिकीकरण परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने बैङ्कले जनाएको छ । सोमबार बैङ्कले जारी गरेको विज्ञप्तिमा उक्त ऋण स्वीकृत भएको उल्लेख छ । सन् २०२० नोभेम्बरमा स्वीकृत भएको उक्त आधुनिकीकरण परियोजनाअन्तर्गत ३४ वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउने, काठमाडौँ उपत्यकामा स्मार्ट मिटर जडान गर्ने, १४४ किलोमिटर ट्रान्समिसन लाइनको स्तरोन्नति र थप ११३ किलोमिटर लाइन निर्माण र विद्युत् वितरण प्रणाली नियन्त्रण केन्द्र स्थापना हुनेछ ।

एडीबीले करीब ६ अर्ब ९० करोड ऋण दिने

काठमाडौं (अस) । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनाका लागि ६ करोड डलर ऋण स्वीकृत गरेको छ । विद्युत् प्रसारणलाइन र वितरण प्रणाली स्तरोन्नतिका लागि सञ्चालित विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनालाई थप ६ करोड अमेरिकी डलर (करीब ६ अर्ब ९० करोड रुपैयाँ) ऋण उपलब्ध गराउनेगरी एडीबीको हालैको बोर्ड बैठकले स्वीकृत गरेको हो । सन् २०२० को नोभेम्बरमा स्वीकृत उक्त परियोजना अन्तर्गत नेपालभरका ३४ ओटा सबस्टेशन ग्रिडलाई स्वचालित बनाउने, काठमाडौं उपत्यकामा स्मार्ट मिटर जडान सम्पन्न गर्ने, १४४ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति, ११३ किलोमिटर नयाँ प्रसारण लाइन निर्माण र विद्युत् वितरण प्रणाली कमाण्ड तथा नियन्त्रण केन्द्रको स्थापना गर्ने योजना समेटिएका छन् । ‘एडीबीको थप सहयोगले नेपालमा विश्वसनीय, कुशल र दिगो बिजुली आपूर्ति गर्न मद्दत पुग्नेछ,’ एडीबीको दक्षिण एशियाका प्रमुख ऊर्जाविज्ञ जीवन आचार्यले भने, ‘यसले प्रसारण क्षमता र वितरण नेटवर्कको विस्तार, सुदृढीकरण र आधुनिकीकरणका लागि अतिरिक्त लगानी प्रदान गर्दछ, ता कि सन् २०२६ सम्म ७०० किलोवाट घण्टा प्रतिव्यक्ति  बिजुली खपतको लक्ष्य हासिल गर्न सकोस् ।’ थप ऋणको रकमबाट नेपालगञ्जदेखि कोहलपुर र चोभारदेखि लगनखेलसम्म १३२ केभीको १६ किलोमिटर प्रसारण लाइन निर्माण गरिने एडीबीले बताएको छ । यसले दुम्कीबास, लगनखेल, मूलपानी र नेपालगञ्जमा सबस्टेसन निर्माण गरी थप ४७७ मेगाभोल्ट–एम्पियर्स सबस्टेसन क्षमता बढाउनेछ ।