बुटवल उपमहानगरपालिकाले चाडबाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । चाडबाडको समयमा यात्रुहरू अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्य सम्बन्धी समस्या हुनसक्ने भएकाले आजदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो । सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने नगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए । बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेख