बैतडीका सात स्थानमा चाडपर्व लक्षित गर्दै भारतीय सीमानाका सहित यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन् । दशैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सीमानाकासहित यहाँका विभिन्न राजमार्ग तथा सहायक सडकमा सहायता कक्ष सञ्चालन गरिएका हुन् । भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदमुकामस्थित गोठलापानीमा सहायता कक्ष सञ्चालन …