म्याग्दीमा प्रमुख/अध्यक्षका लागि ३ जना महिलाको उम्मेदवारी

म्याग्दी : म्याग्दीमा स्थानीय तहको निर्वाचनमा जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाका प्रमुख/अध्यक्षमा जम्मा ३ जना महिलाको उम्मेदवारी परेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकाको प्रमुखमा मीनाकुमारी शर्मा सापकोटा‚ नेकपा एमालेका तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन र नेकपा माओवादी केन्द्रका तर्फबाट रघुगंगा गाउँपालिकामा मीना विकले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए।धवलागिरि गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर फेरि अ

सम्बन्धित सामग्री

मनाङ–१ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र

आइतबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङ क्षेत्र नम्बर १ मा कूल ६ हजार ७७९ मतदाताका लागि २८ वटा मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा ३ हजार २८१ पुरुष मतदाता छन् भने ३ हजार ४९८ जना महिला मतदाता छन् ।यस क्षेत्रमा तीन वटा राजनीतिक दलबाट ३ जना मात्र उम्मेदवार रहेका छन् ।  नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका तीनैजना पुरुष हुन् । पुरुष मतदाताभन्दा बढी संख्यामा भए पनि यस क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ

गण्डकीबाट प्रमुख दलमध्ये एमालेले मात्रै महिलालाई उम्मेदवार बनायो

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि गण्डकी प्रदेशमा प्रमुख दलबाट ३ जना महिला उम्मेदवारमात्रै चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा प्रमुख दलले नै महिला उम्मेदवारलाई प्राथमिकता नदिएका हुन् ।   निर्वाचन आयोगका अनुसार गण्डकीबाट प्रतिनिधिसभामा १ सय ९६ जनाको उम्मेदवारी परेकामा स्वतन्त्र सहित साना पार्टीबाट २३ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । तर, प्रमुख दलको तर्फबाट भने नेकपा एमालेले मात्रै तीन महिलालाई प्रतिनिधिसभातर्फ उम्मेदव

काँग्रेसबाट उम्मेदवारी दिएकी अधिकारीको उम्मेदवारी खारेज

मकवानपुरको बकैया गाउँपालिका उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकी एक जना महिलाको उम्मेदवारी खारेज भएको छ । नेपाली काँग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छायाँ अधिकारीको मनोनयन खारेज भएको छ । उनी राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको प्रमाण भेटिएपछि उनको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए । गत वैशाख १३ गते बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो ।  उजुरी परेका मध्ये नेकपा माओवादीका तर्फबाट उपाध्यक्षको उम्मेदवा

वीरगञ्ज महानगरमा १५४ जनप्रतिनिधिका लागि ९१० जनाको उम्मेदवारी

वीरगञ्ज महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित १५४ जना जनप्रतिनिधिका लागि ९१० जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार राति करिव १२ बजेसम्म भएको उम्मेदवारी दर्तामा महानगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य र दलित सदस्यमा गरेर ९१० जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।महानगर प्रमुखका लागि ३० जना, उपप्रमुखमा १० जना, वडाध्यक्षमा २०२ जना पुरुष र ५ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । साथै खुला सदस्यमा ३ जना महिलासहित ३५१ जना, महिला सदस्यमा १७१