विराटनगर : विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कविता सङ्ग्रहलाई चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ।
शनिवार परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कविता सङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारमा १५ हजार नगद राशि र सम्मानपत्र रहेको छ।…