आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’

साहित्यकार, कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । ५० हजार १ रुपैयाँ राशिको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।साहित्य परिषद् भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तिमा उनका योगदानलाई पनि उल्लेख गरिएको छ । परिषद्ले भदौ २३ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समीक्षा कार्यक्रममा

सम्बन्धित सामग्री

मसाल महामन्त्री सिंहद्वारा क्रान्तिकारी माओवादीका महासचिव वैद्य सम्मानित

काठमाडौं । दार्शनिक सौन्दर्य चिन्तक, साहित्य समालोचक तथा राजनीतिज्ञ मोहन वैद्य ‘किरण’ ‘शमी साहित्य साधना सम्मान’बाट पुरस्कृत हुनुभएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यलाई सम्मान गर्नुुभयो । उक्त सम्मानको राशि रु एक लाख एक हजार १०१ रहेको छ । नेपाली भाषा, साहित्य, संस्कृति र समग्र वाङ्मयको उत्थानमा योगदान पुु-याउने विशिष्ट साधकलाई प्रत्येक वर्ष उक्त सम्मान प्रदान गरिँदै आइएको छ । हालसम्म सो सम्मानबाट गणेशबहादुर प्रसाईं, मंगलकुमार नेपाल, प्राडा मोहनहिमांशु थापा, वसन्तकुमार शर्मा नेपाल, तेजेश्वरबाबु ग्वंगः, कृष्ण जोशी, घनश्याम राजकर्णीकार, ठाकुर पराजुली, गोपीकृष्ण शर्मा, विनोद अश्रुुममाली र माधव भण्डारी सम्मानित भइसक्नुुभएको छ । प्रतिष्ठानले नेपाली भाषा, कला तथा साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुु-याउने विभिन्न स्रष्टालाई ‘शमी साहित्य साधना सम्मान’, ‘शमी युवा प्रोत्साहन पुरस्कार’, ‘सम–समता लैंगिक अध्ययन पुरस्कार’ र ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ । ‘मार्क्सवादी समालोचना’ सार्वजनिक कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव वैद्यद्वारा लिखित ‘मार्क्सवादी समालोचना’ पुस्तकको विमोचन गरिएको थियो । मसालका महामन्त्री सिंहले उक्त पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा वैद्यले २०७० सालयता लेख्नुुभएका १४ वटा आलेखलाई समावेश गरिएको छ । समालोचनाका क्षेत्रमा यो पुस्तक वैद्यको पाँचौ पुस्तक हो । पुुस्तकमा समावेश गरिएकामध्ये १३ आलेख विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । मुख्यतः तीन खण्डमा छुुट्ट्याइएको सो पुस्तकको पहिलो खण्डमा ‘सैद्धान्तिक परिप्रेक्ष’, दोस्रो खण्डमा ‘समालोचक र समालोचकीय दृष्टि’ तथा तेस्रो खण्डमा ‘कृतिकृत समीक्षा’को व्याख्या गरिएको छ । कार्यक्रममा मसालका महामन्त्री सिंहले राजनीतिक नेतृत्व व्यक्तिगत लाभहानीको पछाडि लाग्दा विश्वबाटै कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीमा लागेदेखि नै आस्था, विचार तथा व्यवहारको निरन्तरता वैद्यको विशेषता भएको बताउनुुभयो । “उहाँ (वैद्य)को नेपाली राजनीतिमा महत्वपूर्ण योगदान छ, उहाँ कहिल्यै ढुलमुुल हुनुुभएन, निरन्तर लाग्नुुभयो, आफ्नो विचार, सिद्धान्त र व्यवहारमा विचलन आउन दिनुुभएन, उहाँ राजनीतिज्ञ मात्र नभई अग्रणी साहित्यकार पनि हो”, महामन्त्री सिंहले भन्नुुभयो । पुस्तकका लेखक वैद्यले राजनीतिक चेतना ...