अस्तित्वको सङ्कटमा सामुदायिक क्याम्पस

विश्वका सामुदायिक क्याम्पसको इतिहासलाई केलाउँदा सामुदायिक क्याम्पसको स्थापना उच्च शिक्षाको स्थानीयकरण, अवसर र पहुँचको विस्तार तथा प्रजातान्त्रिकीकरण प्रयासका परिणामस्वरूप भएको पाइन्छ  । उच्च शिक्षालाई उच्च वर्गीय शिक्षा र सम्भ्रान्त शिक्षाका रूपमा लिने सोचलाई सामुदायिक क्याम्पसको अवधारणाले चुनौती दिएको छ । हरेक व्यक्तिको ज्ञान आर्जन गर्ने, सम्भावनाको गगनमा विचरण गर्ने, प्राज्ञिक अभ्यास गर्ने र ज्ञानको भण्डार र प्रणालीमा योगदान दिने क्षमताको कदर हुनुपर्छ । सामुदायिक क्याम्पसको अवधारणा यही मान्यतामा आधारित ...

सम्बन्धित सामग्री

क्याम्पसको स्तरवृद्धिका लागि धान्याञ्चलबाट १२ करोड सङ्कलन

ढोरपाटन (बागलुङ), १४ फागुन । पछिल्लो समय गाउँ तथा सहरका समेत सामुदायिक क्याम्पस धरासायी अवस्थामा पुगेका छन् । विद्यार्थी र आर्थिक स्रोतको अभावमा सामुदायिक क्याम्पस सञ्चालनमा समस्या भइरहेको हो । समुदायमार्फत सञ्चालित क्याम्पसमा अहिले विद्यार्थी टिकाउनै मुस्किल छ । आधुनिक शिक्षाको आकर्षण, वैदेशिक रोजगारी र अध्ययनका लागि विद्यार्थी पलायन भइरहेका छन् । जिल्लाको गलकोटमा भने […]

पर्वतमा पहिलोपटक दुई सामुदायिक क्याम्पस ‘मर्ज’ हुँदै

पर्वत : क्याम्पसहरूमा विद्यार्थीको संख्या न्यून हुँदै जाँदा क्याम्पस नै सङ्कटमा पर्न थालेपछि पर्वतमा पहिलोपटक क्याम्पसलाई ‘मर्ज’ गर्ने प्रक्रिया सुरु गरिएको छ।देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा कतिपय विषय अध्ययन गर्ने विद्यार्थी नै नभएको समाचारहरू आइरहेको बेलामा मोफसलमा रहेका क्याम्पसहरूले विद्यार्थी पाउन झनै चुनौती छ। यही चुनौतीबीच पर्वत सदरमुकाम कुश्मा बजारमा रहेका दुई वटा सामुदायिक क्याम्पसहरूको ‘मर्ज’ प्रक्रिया सुरु भएको हो।कुश्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पस र श

मानसरोवर बहुमुखी क्याम्पसमा नियमित पठनपाठन सुरु

सिमकोट – जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मानसरोवर बहुमुखी क्याम्पसमा पठनपाठन सुरु भएको छ। क्याम्पस व्यवस्थापनले आंशिक प्राध्यापकहरूको व्यवस्था गरेपछि क्याम्पसमा पठनपाठन सुरु गरिएको हो। क्याम्पस प्रमुख दीपक भण्डारीका अनुसार पाँच जना आंशिक प्रध्यापकको व्यवस्था गरेर लामो समयदेखि पठनपाठन बन्द रहेको क्याम्पसमा पढाइ सुरु भएको हो। ०७१ सालपछि क्याम्पसमा पठनपाठन बन्द रहेको सामुदायिक क्याम्पस भएका कारण […]

पर्वतका सामुदायिक क्याम्पस आर्थिक संकटमा, न विद्यार्थी न सरकारी अनुदान

पर्वत । जिल्लाका सामुदायिक क्याम्पस आर्थिक अभावको मारमा परेका छन् । विद्यार्थीको संख्या घट्दा र सरकारी अनुदान नपाउँदा जिल्लाभर सञ्चालित १२ ओटा सामुदायिक क्याम्पस आर्थिक संकटमा परेका हुन् ।  जिल्ला सदरमुकाममा सञ्चालित गुप्तेश्वर र शिवालय बहुमुखी क्याम्पस र ग्रामीण क्षेत्रका शंकरपोखरी वहुमुखी क्याम्पस, बहाकी क्याम्पस, जनता सुदर्शन क्याम्पस, नवजागृत क्याम्पस लगायतमा न्यून विद्यार्थी छन् । क्याम्पसको प्रमुख आर्थिक स्रोत विद्यार्थीबाट उठ्ने शुल्क हो । तर, न्यून विद्यार्थी हुँदा क्याम्पसले अपेक्षाअनुरूप उक्त शुल्क उठाउन सकेको छैन ।  केही विद्यार्थीहरू पढाइ छाडेर वैदेशिक रोजगारीमा जाँदा र केही जिल्लाबाहिरका क्याम्पसमा पढ्न जाँदा जिल्लाका सामुदायिक क्याम्पसमा विद्यार्थी घटेका हुन् । गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख सुभास पन्तले विद्यार्थीहरूको संख्या कम हुँदा र अनुदान घट्दा क्याम्पस चलाउन मुस्किल भएको बताए ।  सदरमुकामका क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले वार्षिक १९ लाख रूपैयाँ हाराहारी अनुदान दिने गरेको छ । ग्रामीण क्षेत्रका क्याम्पस विद्यार्थी संख्या, नतिजा, पूर्वाधारलगायत मापदण्ड नपुग्दा अनुदानबाट वञ्चित छन् ।  शिवालय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु नेवार क्याम्पसको दिगो आम्दानीको स्रोत नहुँदा समस्या भोग्नुपरेको बताउँछन् । आम्दानीको दिगो स्रोत नहुँदा देउसीभैलो खेलेर, लाहुरेको स्वागत गरेर र नेताका जोडबलमा विभिन्न निकायबाट आर्थिक सहायता मागेर क्याम्पस सञ्चालन गर्नुपरेको उनको दुखेसो छ ।  शिवालय क्याम्पसको जस्तै समस्या छ कुश्माबजारको गुप्तेश्वर बहुमुखी क्याम्पस । दिगो आयस्रोत नहुँदा निजी स्रोतका प्राध्यापकको तलब, पूर्वाधार विकास, मसलन्द तथा भैपरी आउने खर्च धान्नै मुस्किल रहेको क्याम्पसले जनाएको छ ।  त्रिभुवन विश्वविद्यालयले उक्त क्याम्पसलाई अहिलेसम्म आङ्गिक क्याम्पसको अनुमति दिएको छैन । विश्वविद्यालय अनुदान कार्यक्रममार्फत वर्षेनी १३ लाख रुपैयाँ हाराहारी आउने रकमले दुई प्राध्यापक पाल्न पनि मुस्किल क्याम्पसले जनाएको छ ।  आयस्रोत नहुँदा जिल्लाको पुरानो पर्वत बहुमुखी क्याम्पस अहिले डेढ करोड ऋणमा छ । उक्त क्याम्पस २०४१ सालमा स्थापना गरिएको हो ।

पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामा

पर्वत, ४ माघ । एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु, शिक्षक तथा कर्मचारीको सेवा शुल्क बढ्दै जानुजस्ता कारणले क्याम्पस धरासायी बन्दै गएका हुन् । फलेबास नगरपालिका–६ देवीस्थानस्थित जिल्लाकै पुरानो […]

पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामा

पर्वत । एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु, शिक्षक तथा कर्मचारीको सेवा शुल्क बढ्दै जानुजस्ता कारणले क्याम्पस धरासायी बन्दै गएका हुन् ।

‘अब पढाउने होईन, सिकाउने वातावरण तयार गरौं’

पश्चिमाञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले३५औं वार्षिकोत्सव मनाएको छ। पोखराको नयाँबजारमा संचालित यो क्याम्पसले वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो।...

करीब २७ प्रतिशत क्याम्पसले क्युएए पाए

७ मंसिर, काठमाडौं। विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) हालसम्म ३८४ उच्च शिक्षा प्रदायक शैक्षिक संस्थालाई प्रदान गरेको छ । देशभर सञ्चालनमा आएका सबै विश्वविद्यालयका आङ्गीक क्याम्पस १५२, सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस ५३६ र निजी क्याम्पस ७४९ गरी जम्मा क्याम्पसको संख्या १ हजार ४३७ ओटा छ । त्यसमध्ये क्युएए पाउने क्याम्पसको संख्या २६.७५ […]

चित्लाङ उपत्यकाको भाषिक-साँस्कृतिक विविधता

सधैं नेपालका भाषाहरूको अध्ययन-अनुसन्धानको लागि मोफसल र दूरदराजका गाउँबस्ती डुल्ने मलाई यसपटक काठमाडौं उपत्यकासँगै जोडिएको चित्लाङ उपत्यकामा डुल्ने अवसर मिल्यो । कीर्तिपुरस्थित एकमात्र सामुदायिक क्याम्पस (शहीद स्मारक कलेज) को अनुसन्धान व्यवस्थापन इकाई (आर.एम.सी.)ले गरेको खर्चको व्यवस्थापनमा म, डा. मधु गिरी र कलेजका प्राचार्य मिलन महर्जनको टोली तिहार शुरु हुनुभन्दा एक हप्ता अगाडि कीर्तिपुरबाटै पैदलयात्रामा निस्कियो […]

किन सेतो हात्ती बन्दैछन् सामुदायिक क्याम्पस ?

विश्वका सामुदायिक क्याम्पसहरूको इतिहासलाई केलाउँदा सामुदायिक क्याम्पसहरू अवसर र पहुँचको विस्तारद्वारा शिक्षा र खासगरी उच्च शिक्षाको स्थानीयकरण र प्रजातन्त्रीकरणको प्रयासका परिणामस्वरूप स्थापित भएको पाइन्छ । उच्च शिक्षालाई उच्च वर्गीय शिक्षा र सम्भ्रान्त शिक्षाको रूपमा लिने सोचलाई सामुदायिक क्याम्पसको अवधारणाले चुनौती दिएको छ । हरेक व्यक्तिको ज्ञान आर्जन गर्ने, सम्भावनाको गगनमा विचरण गर्ने, प्राज्ञिक अभ्यास गर्ने […]