मौसममा सुधार आउन अझै केही दिन लाग्ने

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।    राजधानी काठमाडौँमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ । महाशाखाका मौसमविद्को भनाइमा मौस

सम्बन्धित सामग्री

मौसममा सुधार आउन अझै तीन दिन लाग्ने, मंगलबारसम्मै पानी पर्ने सम्भावना

काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन...

हुम्लामा हिमपातले रोकिएको खोप कार्यक्रम पुनः सुरु, खोप केन्द्रमा भीड

सिमकोट– हिमपातले दुई दिनदेखि रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम पुनः सुरु भएको छ। सेवाग्राही खोप केन्द्रसम्म आउन समस्या भएपछि रोकिएको खोप कार्यक्रम आइतबार मौसममा सुधार भएपछि पुनः सुरु भएको हो। स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले हिमपातले दुई दिन रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु भएको बताइन्। उनले मौसममा सुधार आएसँगै खोप लगाउने […]

मौसममा सुधार आउन केही दिन लाग्छ : मौसम पूर्वानुमान महाशाखा

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । राजधानी …

मौसममा सुधार आउन अझै केही दिन लाग्ने, आंशिकदेखि सामान्य बदलीको सम्भावना

माघ ११, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।             देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।             राजधानी काठमाडौंमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ । महाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा मंगलवार तुलनात्मक सुधार आएको छ । पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्नेछ । विगतको तुलनामा मंगलववार मध्याह्नपछि बदली हुनुका साथै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्याह्नपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।             अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ ।             बुधवार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।मंगलवरा काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ र अधिकतम तापक्रम १५ दशमलव ५ डिग्रीसेल्सियस रहेको छ । रासस

मौसममा सुधार आउन केही दिन लाग्छ: मौसम पूर्वानुमान महाशाखा

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

विहानैदेखि ठप्प आन्तरिक उडान शुरु

विहानैदेखि ठप्प आन्तरिक उडान शुरु काठमाडौं, मङ्सिर १८ गते । चिसोसँगै बाक्लो हुस्सुका कारण शनिबार विहानैदेखि ठप्प बनेको नेपालको आन्तरिक उडान १० बजेबाट शुरु भएको छ । केही काठमाडौंको मौसममा सुधार भएसँगै पोखरा बाहेकका विमानस्थलमा उडान शुरु भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । काठमाडौंमा ८०० मिटर मात्र भिजिवलिटी रहेपछि उडान हुन सकेको थिएन तर हाल १५ सय मिटर भिजिवलिटी पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । उडान शुचारु भएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ट्राफिक जाम शुरु भएको छ । खराव मौसमले अवतरण गर्न होल्डमा रहेका आठ वटा अन्तर्राष्ट्रिय उडानलाई पालो दिदाँ आन्तरिक उडानका लागि तयारी रहेका जहाजले एक घण्टासम्म पालो पर्खनु पर्ने भएको छ । मौसममा सुधार आएसँगै छ वटा अन्तर्राष्ट्रिय जहाज अवतरण भएको र नेपाल एयरलाइन्सको दुई वटा जहाज अवतरण बाँकी रहेको विमानस्थलले जनाएको छ । विहिबारदेखि चिसोसँगै हुस्सु र हिमपातका कारण हिमाली जिल्लाका विमानस्थलमा उडान हुन नसकेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार विहानैदेखि मौसममा सुधार नहुदाँ सिमिकोट, डोल्पा, बाजुरा, जोमसोम, रारा, जुम्ला र पुर्वका केही विमानस्थलमा उडान हुन सकेको छैन । आन्तरिक वायूसेवाका लागि नौ वटा वायूसेवा कम्पनीले दैनिक करिव ३४० वटासम्म उडान भर्दै आएपनि हाल मौसम खरावीका कारण उडान संख्यामा कमी आएको छ । मौसम पुर्वनुमान महाशाखाका बरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौंमा हावाको गति प्रति सेकेण्ड दुई मिटरसम्म मात्र भएकाले हुस्सु हट्न र हालको मौसममा सुधार आउन केही दिन लाग्ने बताउनुभयो ।

मौसम बद्ली भए पनि पानी नपर्ने, तत्काल मौसममा सुधार नआउने : मौसमविद्

काठमाण्डाै - देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताउनुभयो । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताउनुभयो । आज देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूल...

आजदेखि वर्षा कम हुँदै

मनसुुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकोले सुधार हुन समय लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुुभयो ।

केही दिन ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद

काठमाण्डाै – अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । गएको बिहीबारदेखि सक्रिय बनेको मनसुन हिजोदेखि केही कमजोर बनेको हो । तराई नजिक रहेको न्यूनचापीय रेखा कमजोर भएसँगै मौसममा सुधार आउन थालेको मौसमविद गंगा नगरकोटीले जानकारी दिनुभयो । मौसम सुधारसँगै अबका तीन दिन लगातारको झरी प...