अहिले साउनको महिना चलिरहेको छ । केही समयपछि तीज पनि आउँछ । साउन र तीजको प्रसंग किन निकालिएको हो भने यो समयमा महिलाहरु परम्परागत पहिरन र गहनामा सजिन रुचाउँछन् । सामान्य दिनमा क्याजुअल र अफिसियल पहिरनमा ठाँटिनेहरु साउनको बेला भने हरियो, रातो, पहेंलो रंगका सारी, कुर्ता, त्यसमाथि हातभरि चुरा, मेहेन्दी, जुत्ता र मेकअपमा सजिन्छन् । […]