आज साउन महिनाको अन्तिम सोमबार

आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

सम्बन्धित सामग्री

स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौँ,३० साउन । साउनको अन्तिम सोमबार स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना त्यसमा पनि आज विशेष दिन भएकाले शिवालयमा पूजा आराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । महादेवले हिमालय पुत्री पार्वतीलाई बोकेर हिँड्दै गर्दा शेष रहेको अङ्ग पतन भएको र भावविह्वल भएर त्रिशुल प्रहार गरी पानी निस्किएको ठाउँ […]

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा घुइँचो

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको […]

कोरोना बिर्सिएर शिवालयहरुमा भक्तजनको भीड (फोटो फिचर)

साउनको अन्तिम सोमबार रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुकाे बिहानदेखि डोलेश्वर मन्दिरमा घुइँचो लागेकाे थियो । साउने समबारको ब्रत समापनको दिन भएकोले मन्दिरको वरिपरि कोरोना महामारी विर्सेर नै भीडभाड थियो । प्रहरीहरुले मन्दिरका प्रमुख द्वारबाट सुरक्षाका साथ प्रवेश गराएपनि वरिपरि दानदक्षिना गर्नेको भीड थियो । पौराणिक मान्यताअनुसार साउन महिना भगवान् शिवको महिनाका रुपमा लिइने तथा पार्वतीले महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । ‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ ज्योतिष विकासकृष्ण दाहाल भन्नुभयो, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरुको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’ पशुपतिनाथ, सिफलको भण्डारेश्वर, पाटनको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, साँगाको बडामहादेव लगायत उपत्यकाका प्रमुख शिवालयमा एकाबिहानैदेखि भक्तजनको उपस्थिति रहेको थियो । पुराण अनुसार महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले छिट्टै प्रशन्न हुने धार्मिक विश्वासले भक्तजनको भीड लाग्ने गरेको ज्योतिष दाहालले प्रष्ट पार्नुभयो ।