आज कोरोनाका कारण छुटेका विद्यार्थीको परीक्षा हुने

काठमाडौँ । आज कोरोना संक्रमणका कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीको परिक्षा हुने भएको छ। भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि राष्ट्रिय परीक्षा बोर्डले मंसिर १६ (आज) परीक्षा गर्ने भएको हो। बोर्डका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । यस्ता परीक्षार्थी […]

सम्बन्धित सामग्री

कोरोनाका कारण रोकिएका लोकसेवाका परीक्षा फागुन ६ बाट सुरु हुने

कोरोनाका कारण स्थगित उपसचिव र शाखा अधिकृतको परीक्षा फागुन ६ बाट सुरु हुने भएको छ। लोकसेवा आयोगले एक सूचना निकालेर परीक्षा सञ्चालन हुने जानकारी दिएको हो। आयोगको बुधबार बसेको बैठकले माघ...

त्रिविका परीक्षा फागुन १ देखि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगन गरेका विभिन्न संकायका परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशन गरेको हो। चारवर्षे बीएससी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्। वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन […]

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित [सूचनासहित]

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कार्यालयले बिहीवार एक सूचना प्रकाशित गर्दै कोरोनाका कारण परीक्षा स्थगित गरिएको जनाएको छ । परीक्षा स्थगितको निर्णय माघ ९ गतेदेखि लागू हुने र परीक्षा हुने मितिबारे अर्काे सूचना प्रकाशित गरिने जनाइएको छ ।

कोरोनाका कारण त्रिविको परीक्षा स्थगित

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा सोच्न निर्देशन दिएका छन् । निर्देशन लगत्तै त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्ने तयारी गरेको छ । त्रिविले  सोमबारबाट हुने सबै परीक्षा स्थगित गरेको छ ।  त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले […]

कोरोनाका कारण टियू र लोकसेवा आयोगका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले माघ मसान्तसम्म लिने भनेका लिखित परीक्षा स्थगित भएका छन्।

कोरोनाका कारण दुई वर्षदेखि रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौँ । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तह प्रथम वर्षका परीक्षा नै हुन नपाएका बीए, बीएड, बीएससीतर्फका चार वर्षे र तीन वर्षे परीक्षा आजदेखि भौतिकरुपमै सुरु भएका हुन् । भोलिदेखि व्यवस्थापन संकायको परीक्षा सुरु हुने छन् । आंशिक र रेगुलर सबै परीक्षा आजदेखि हुन […]

कोरोनाका कारण रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौं।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न तहका परीक्षा आजदेखि सुरु भएको छ।कोरोना महामारीका कारण रोकिएको स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो।पहिलोपटक त्रिविलेले अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो। परीक्षा नियन्त्रण कार्यालयले शनिवार एक सूचना प्रकाशित गर्दै नयाँ प्रविधिबाट परीक्षाका सञ्चालनमा केही प्राविधिक कठिनाइ आएको भन्दै फोटो नभएको प्रवेशपत्र भएकाहरुलाई परिचय खुल्ने कागजातका आधारमा परीक्षामा सहभागी गराउन आग्रह गरेको छ।

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यसवर्ष नै गर्ने भएको छ। कोरोनाका कारण पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि यसवर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए।“कोरोनाको तेस्रो लहर आएपनि हामी स्वास्थ्य मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्नेछौँ”,उनले भने।

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाण्डाै - २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कोरोनाका कारण ढिला गरी परीक्षा हुन लागेको हो । यसअघि चैत महिनामा एसईईको परीक्षा हुँदै आएको थियो । परीक्षासँग सम्बन्धी अन्य जानकारी आउन बाँकी छ ।