त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यसवर्ष नै गर्ने भएको छ। कोरोनाका कारण पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि यसवर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए।“कोरोनाको तेस्रो लहर आएपनि हामी स्वास्थ्य मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्नेछौँ”,उनले भने।

सम्बन्धित सामग्री

रोकिएका परीक्षा सञ्चालन हुने

काठमाडौं, १४ माघ । सरकारले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरी विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालनको अनुमति दिन लागेको हो । आज कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा पुनः सञ्चालनका लागि सिफारिश गरेको छ । परीक्षाका लागि कोरोना भाइरसको खोप अनिवार्य बनाइने समेत […]

कोरोनाका कारण दुई वर्षदेखि रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौँ । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तह प्रथम वर्षका परीक्षा नै हुन नपाएका बीए, बीएड, बीएससीतर्फका चार वर्षे र तीन वर्षे परीक्षा आजदेखि भौतिकरुपमै सुरु भएका हुन् । भोलिदेखि व्यवस्थापन संकायको परीक्षा सुरु हुने छन् । आंशिक र रेगुलर सबै परीक्षा आजदेखि हुन […]

दुई वर्षसम्म रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण धेरै विद्यार्थी सङ्ख्या भएका […]

त्रिविमा कोरोनाले रोकिएका परीक्षा आजदेखि शुरु

१० साउन, काठमाडौं । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे/तीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु […]

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष हुने

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।...

त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने

काठमान्डाैं / त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो बर्षका रोकिएका सबै परीक्षाहरु संञ्चालन गर्ने निर्णय गरेको बताए । स्नातक दोस्रो वर्षको परीक्षाहरु साउन ९ गतेसम्म... The post त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने appeared first on Purbeli News.

त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय

त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो बर्षका रोकिएका सबै परीक्षाहरु संञ्चालन गर्ने निर्णय गरेको बताए । स्नातक दोस्रो वर्षको परीक्षाहरु साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले बताए । उनले स्नातक प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विष

त्रिविका रोकिएका सबै परीक्षा साउनदेखि भौतिक उपस्थितिमै हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना महामारीका कारण रोकिएका वार्षिक परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी थालेको छ।संक्रमण जोखिम कम हुँदै गएकाले रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले बताए।दाहालका अनुसार वैकल्पिक विधिबाट भने परीक्षा सञ्चालन गरिने छैन। ‘अनलाइन विधिबाट परीक्षा हुँदैन,' उनले भने, ' काठमाडौंका विद्यार्थीले अनलाइन फारम त भर्न सकेनन्,परीक्षा झन् कसरी दिन्छन्? त्यसैले भौतिक उ

रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन

लोकसेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । लोकसेवा आयोगको  ७१ औँ  वार्षिकोत्सवका  अवसरमा  मङ्गलबार आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन  दिइएको हो । लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले मातहतका कार्यालय प्रमुखहरूलाई  कोरोना  (कोभिड–१९) सङ्क्रमणको दर कम  भएलगत्तै रोकिएका परीक्षा सञ्चालन  गर्नका लागि तयारी  अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले रोकिएका परीक्षा

लोक सेवा आयोगका रोकिएका परीक्षा दशैँअघि नै हुने

काठमाडौं, असार १ । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा […]