बाँकेका सात छोटी भन्सार बन्द

नेपालगञ्ज – द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार अहिलेसम्म पनि पुनःस्थापना हुन सकेका छैनन् । ती भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठने भन्सार राजस्वसमेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ । अहिले जिल्लामा रहेका सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भघोटना, साईगाउँ र उढरापुर छोटी भन्सार बन्द रहेका छन् । यी सबै […]

सम्बन्धित सामग्री

छोटी भन्सार सुचारु नहुँदा व्यवसायी मारमा

जनकपुरधारम- माओवादी द्वन्द्वकालदेखि सुरक्षाको कारण देखाउँदै बन्द रहेको महोत्तरी जिल्लाको चारवटा छोटी भन्सार कार्यालय हालसम्म सञ्चालन नहुँदा फुटकर तथा साना व्यवसायी मारमा परेका छन् । माओवादी द्वन्द्वकालको उत्सर्गमा पुगेका बेला असुरक्षाको कारण देखाउँदै महोत्तरीको रघुनाथपुर छोटी भन्सार कार्यालय, कटैया छोटी भन्सार कार्यालय, पोखरभिन्डा र बथनाहा छोटी कार्यालय बन्द गरिएको थियो । बन्द रहेको सो कार्यालय […]

छोटी भन्सार नचल्दा मारमा व्यवसायी

बिर्तामोड– कोरोना महामारीपछि बन्द भएको झापा गौरीगञ्जको आठमौजा छोटी भन्सार सञ्चालन नहुँदा गौरीगञ्जका व्यवसायी समस्यामा परेका छन् । सात दशकदेखि सञ्चालनमा आएको गौरीगञ्जको आठमौजा छोटी भन्सार कोरोना कहरपछि विगत तीन वर्षदेखि बन्द हुँदा गौरीगञ्ज बजार समेत प्रभावित भएकाले आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ । झापाको दक्षिण पश्चिम भारतको सीमासँग जोडिएको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा […]

छोटी भन्सार पुनःस्थापनामा ढिलाई

बिर्तामोड- सशस्त्र द्वन्द्वका समयमा विस्थापित झापाका छोटी भन्सार कार्यालय पुनःस्थापना हुन सकेको छैन् । भन्सार कार्यालय पुनःस्थापित नहुँदा राजस्व चुहावट बढेको छ । छोटी भन्सार कार्यालयको उचित रेखदेख हुन नसक्दा झाडीमा परिणतभई जीवजन्तुको वासस्थान र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको छ । नेपालको सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ […]

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व सङ्कलन न्यून

काठमाडौं, १९ फागुन । बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकिएको छैन । सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन् । ती कार्यालय हालसम्म पनि पुनःस्थापना गर्न सकिएको छैन । सातवटै छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका हुन् । ती नाकाबाट ठूलो परिमाणमा विभिन्न […]

व्यापारीको दबाबमा छोटी भन्सार खुल्याे

बाराको सीमावर्ती क्षेत्रका व्यापारीले राजस्व तिर्न दबाबपूर्ण आन्दोलन गरेपछि बन्द रहेको सिम्रौनगढ छोटी भन्सार सुचारु भएको छ । जिल्लाको सीमावर्ती क्षेत्रका चार स्थानमा स्थापित छोटी भन्सारमध्ये सिम्रौनगढ सञ्चालन गर्न स्थानीय व्यापारीले दबाब दिएपछि सुचारु भएको हो । स्थानीय व्यापारीले भारतीय बजारबाट ल्याएका सामानको राजस्व तिर्न गौर र वीरगन्ज भन्सार जानुपर्ने बाध्यता रोक्न बन्द छोटी भन्सार […]

छोटी भन्सार माग गर्दै सिम्रौनगढका व्यवसायीद्वारा प्रजिअलाई ज्ञापनपत्र

बारा।  सिम्रौनगढबाट हटाइएको छोटी भन्सार कार्यालय पुनर्स्थापन र मालपोत तथा नापी शाखाको काम सुचारु हुनुपर्ने माग गर्दै सिम्रौनगढ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन बारामा शुक्रवार ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको नेतृत्वमा बारा उद्योग वाणिज्य संघका अध्यक्ष  राजकुमार साहसहित गएको टोलीले प्रजिअ कृष्णबहादुर कटुवाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा बारा जिल्लाको […]

बाँकेका सात छोटी भन्सार बन्द

द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार अहिलेसम्म पनि पुनःस्थापना हुन सकेका छैनन् ।

खुलेनन् सर्लाहीका सात छोटी भन्सार

द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा नआउँदा सीमानाकाबाट चोरी–तस्करी बढेको छ । भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएका जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन् भने एउटा...

स्वतन्त्र वडाध्यक्षको घोषणा : चाैँरी उत्पादन केन्द्र र छोटी भन्सार स्थापना

ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै स्वतन्त्रबाट जित निकालेका भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमा सोना शेर्पाले पाँच वर्षे कार्यकालमा वडाभित्र चौँरी उत्पादन केन्द्र र छोटी भन्सार स्थापना...

अझै खुलेन बन्द छोटी भन्सार

कैलाली । कैलालीको भजनी नगरपालिका–५ मा रहेको पृथ्वीपुर छोटी भन्सार दुई वर्षदेखि बन्द छ । कोरोना संक्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सीमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन नसकेको हो ।      छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालय परिसर नाजुक अवस्थामा पुगिसकेको छ । कार्यालय परिसरमा झारपात उम्रनुका साथै भवन संरक्षण अभाव देखिएको छ । सरकारले भारतसँग सीमा जोडिएका सबै सीमानाका खुला गर्ने निर्णय गरे पनि बन्द भएको उक्त भन्सार सञ्चालनमा नआउँदा त्यहाँबाट संकलन हुँदै आएको राजस्व बन्द भएको छ ।      खक्रौलास्थित सत्ती भन्सार कार्यालय मातहतको उक्त छोटी भन्सार बन्द हुँदा त्यस क्षेत्रबाट चोरी तस्करीका घटनासमेत बढ्दै गएका छन् । भन्सार कार्यालय खुला हुँदा स्थानीयले भन्सार महसुल तिरेर घरायसी सामान ल्याउने गरेका थिए ।       भजनी नगरपालिका– ५ का सुरेन्द्र चौधरी भन्सार तथा आसपास क्षेत्रमा रातीको समय निकै हलचल हुने गरेको बताउँछन् । ‘यस क्षेत्रबाट चोरी तस्करीका सामान निकै आयात हुने गरेको छ । यो विषय सत्ती भन्सार, प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई पनि थाहा छ’, उनी भन्छन्, ‘सबै तस्करसँग मिलेका छन् । कसैले केही बोल्ने कुरै भएन । कहिलेकाहीँ बार्गेनिङ नमिलेपछि मात्रै एक्सन लिने काम हुन्छ ।’ सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साह कोरोनाका कारण पहिलो चरणको बन्दाबन्दीको समय बन्द भएका देशभरका कुनै पनि छोटी भन्सार सञ्चालनमा आउन नसकेको बताउँछन् । भन्सार विभागबाट अख्तियारी नआएका कारण छोटी भन्सार सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । ‘हामीले चाहेर पनि भन्सार खुला गर्न सक्दैनौं । विभागको अख्तियारी चाहिन्छ । त्यो अख्तियारी अहिलेसम्म आएको छैन’, भन्सार प्रमुख साह भन्छन्, ‘कुनै पनि छोटी भन्सार सञ्चालनमा आएका छैनन् । अख्तियारी आएपछि हामीलाई भन्सार सञ्चालनमा ल्याउन कुनै कठिनाइ छैन ।’      छोटी भन्सार बन्द भएकै कारण चोरी तस्करीका घटना नबढे पनि राजस्व संकलन भने बन्द भएको छ । वार्षिक करिब ४० लाखभन्दा भन्दा बढी राजस्व संकलन छोटीबाट हुँदै आएको थियो । दुई वर्षदेखि राजस्व सञ्चालन हुन नसकेको उनले बताए । साह भन्छन्, ‘घरायसी सामान ल्याउनेबाट सामान्य भन्सार रकम संकलन हुने गरेकामा अहिले त्यसको निगरानी गर्ने कोही छैन । भन्सार बन्द हुँदा घरायसी सामान ल्याउन बन्द गर भन्न सकिँदैन ।’ रासस